उनी लेख्छिन्, ‘यो उमेर सम्म आइपुग्दा पनि अन्तर्वार्ताहरूमा त्यो एउटा प्रश्न जरुर आउँछ ! म एउटा विवाहित महिला हुँ परिवारमा बस्छु बिहे गर्ने उमेर को छोरी छ, अब यस्तो प्रश्नको के जवाफ दिऊँ ? अनि  प्रश्न ती पुरुषहरू जो सँग मेरो प्रेम सम्बन्ध भनिएको हुन्छ ती मानिसहरूलाई चाहिँ त्यो प्रश्न सोधिएको पाउँदिनँ ! किन रहेछ ? उनीहरू पुरुष भनेर आँट नगरेको हो कि मलाई महिला भनेर हेपेको ?’

करिश्माले अरू नभए पनि आफ्नो श्रीमान् विनोद मानन्धर, बिहे गर्ने उमेर भएकी छोरी र परिवारको त इज्जत गर्नुपर्ने भनेकी छिन् । उनले अन्तमा के बुझौँ भने अहिलेको दर्शक श्रोता धेरै स्मार्ट हुनुहुन्छ सबै कुरा बुझ्नु हुन्छ । लेखेकी छिन् ।