#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व331774161000202767228324504931
नेपाल733944771901953898

‘म मेरा प्रशंसकहरूको विश्वास कहिल्यै तोड्ने छैन’ : प्रविण बेडवाल, गायक (भिडियोसहित)

बर्दिया जिल्ला राजापुरमा जन्मिएका प्रवीण बेडवाल नेपाल आइडल सिजन–३ मा एक अब्बल प्रतियोगी त छँदै थिए, सँगै उनी प्रतियोगिताको फस्ट रनरअपको उपाधी समेत उचाल्न सफल रहे ।

स्वर र प्रस्तुतिमार्फत निर्णायक तथा दर्शकको मन जितेका बेडवाल शास्त्रीय संगीतका विद्यार्थी हुन् । जो नेपाल आइडल सिजन ३ को स्टेज शास्त्रीय संगीतमय बनाउन सफल रहे । विशेष गरेर गायनमा लागेपछि आफूलाई नै बिर्सिएर संगीतमा डुब्ने बेडवाल भारतको तमिलनाडुमा हुर्किएका हुन् ।

प्रयाग संगीत विश्वविद्यालय इलाहाबादबाट शास्त्रीय संगीतमा स्नातक गरेका बेडवाल गायन क्षेत्रमा सिकाईपछि परिपक्क भएर मात्र प्रवेश गरेका हुन् । संगीतमै भविष्य देखेका वेडवाल आफूमा कहिल्यै पनि भाइरल हुने लोभ नभएको बताउँछन् । सकेसम्म उत्कृष्ट सृजनाहरूमार्फत बजारमा आउन चाहने बेडवाल आफ्ना प्रशंसकहरूको विश्वास कहिल्यै पनि नतोड्ने प्रण समेत गर्छन् ।
उनै नव–प्रतिभावान गायक तथा ‘नेपाल आइडल सिजन–३’ का फस्ट रनरअप प्रविण बेडवालको गायन यात्रा, अनुभव अनि भविष्यका योजना सम्बन्धमा रहेर केन्द्रबिन्दुका लागि मनोज न्यौपोनेले गर्नु भएको विशेष कुराकानी यो भिडियोमा :

 

सम्बन्धित समाचारहरु

ताजा समाचार