#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व331774161000202767228324504931
नेपाल733944771901953898

प्रदेश नं. १ मा ८७ नयाँ सङ्क्रमित थपिए

विराटनगर ।

प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा ८७ कोरोना सङक्रमित थपिएका छन् । तीमध्ये १५ महिला र ७२ पुरुष छन् । थपिएकामा मोरङमा ५५, सुनसरीमा २४, झापामा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमा मोरङको कटहरीमा महिला आठ र १३ पुरुष, विराटनगरमा एक महिला, १३ पुरुष, बुढीगङ्गामा पाँच महिला र आठ पुरुष, ग्रामथानमा दुई महिला र पाँच पुरुष, रतुवामाईमा तीन पुरुष, जहदामा एक पुरुष र स्थानीय तह नखुलेका दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा एक महिला र १३ पुरुष, धरानमा दुई महिला र दुई पुरुष, इटहरीमा दुई, भोक्राहानरसिंहमा दुई, दुहवीमा एक र स्थानीय तह नखुलेका एक पुरुषमा सङ्क्रमण देखिएको छ ।

यस्तै झापाको कमल गाउँपालिकामा एक महिला र एक पुरुष, उदयपुरको स्थानीय तह नखुलेका एक पुरुष तथा प्रदेश बाहिरका पाँच पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा हालसम्ममा चार हजार ८२९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । अहिलेसम्ममा दुई हजार ७८ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् । प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ४८४ जना सहित हालसम्ममा एक लाख नौ हजार १६ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार