#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30869199958852744059522469752
नेपाल627974011712945267

भारतमा १७ सांसद कोरोना सङ्क्रमित

फाइल फोटो

नयाँ दिल्ली ।

भारतका १७ जना सांसद कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि गरिएको छ । संघीय संसदको बर्षे अधिवेशन शुरु हुनु अघि परीक्षण गरिएको नतिजा अनुसार उनीहरु सङ्क्रमित भएको देखिएको हो ।

सङ्क्रमित भएकाहरुको सूचीमा सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली सांसदहरु मिनाक्षी लेखी, अनन्त कुमार हज्डी र प्रवेश सहिब सिंह लगायत रहेका छन् । भारतको संघीय संसदको बर्षे अधिवेशन सोमबारदेखि शुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण यो अधिवेशन ढिला गरी शुरु गरिएको हो । बैठकमा सहभागी हुँदा कोरोना भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका सवै उपायहरु अपनाउन अनिवार्य गरिएको छ ।

स्वास्थ्य निर्देशिका अनुसार सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, हात धुने लगायतका उपायहरु अबलम्बन गर्न लगाइएको छ ।

त्यसैगरी सांसदहरुको हाजिरी सोमबार पहिलो दिन एउटा एप मार्फत् गरिएको लोक सभा सचिवायले जनाएको छ । कुनै हाजिरी पुस्तिका वा मेसिनमा हाजिर गर्दा कोरोनाको सङ्क्रमण एक अर्कामा सर्न सक्ने भएकाले एपको प्रयोग गरिएको हो । लोकसभाका सांसदहरुले प्रयोग गर्नेगरी एटेन्डेन्स रजिष्टर (उपस्थिति दर्ता) नामक एप बनाइएको र पहिलो दिन पनि प्रयोग गरिएको सचिवालयका अधिकारीहरुले बताएका छन् । सो एप राष्ट्रिय सूचना केन्द्रले बनाएको हो ।

सांसदहरु संसद भवनमा उपस्थित भएपछि सचिवालयको सहयोगमा एप मार्फत् उनीहरुको उपस्थिति दर्ता हुने व्यवस्था गरिएको छ । सभामुख ओम बिर्लाले सवै सांसदहरूलाई स्वागत गर्दै अहिलेको विषेश परिस्थितिलाई ख्याल गर्न सवैलाई आह्वान गरेका थिए ।

त्यसैगरी कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि तय गरिएको निर्देशिका तथा मापदण्डहरु पालना गर्न पनि उनले सवैलाई अपिल गरेका थिए । “यो अधिवेशन विशेष परिस्थितिका साथ शुरु गरिएको छ, सुरक्षा सावधानी हामी सवैले अपनाउन आवश्यक छ, सावधानीका साथ अधिवेशनलाई अगाडि बढाइनेछ,” सभामुख बिर्लाले भने ।रासस

सम्बन्धित समाचारहरु