#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30864890958792743945622466642
नेपाल627974011712945267

बाढी पहिरो : सिन्धुपाल्चोकमा २ महिनामा ७३ जनाको मृत्यु, ४२ बेपत्ता

सिन्धुपाल्चोक ।

भूकम्पले थिलथिलो बनाएको जमिन, वर्षेनी भारी वर्षा हुँदा सिन्धुपाल्चोक पहिरोको ‘इपिसेन्टर’ बन्न पुगेको छ । पछिल्ला दुई महिना पहिरोमा परी दर्जनौंले अकालमा ज्यान गुमाएका छन् ।

सयौं सिन्धुबासीको उठिबास लागेको छ । दुई महिनामा मात्र सिन्धुपाल्चोकका ७३ जनाले पहिरोमा परी ज्यान गुमाउनु परेको छ भने पहिरोमै परी ४२ जना अझै बेपत्ता छन् ।

२५ असारमा बाह्रबिसे नगरपालिका–५ स्थित जम्बुमा ठाडो खोला उर्लंदा जम्बु बजार क्षणभरमै खण्डहर बन्यो । बस्ती नै पुरिने गरी ठाडो खोला उर्लंदा जम्बुमा २ जनाको मृत्यु भयो, १७ जना बेपत्ता भए ।

भोटेकोशी गाउँपालिका–५ बुलकोटेका पहिरोले बस्ती पुरिंदा २५ असारमा ६ जनाले ज्यान गुमाएका छन् । बुलकोटे पहिरोमा बेपत्ता ३ जनाको न त लास फेला पर्यो, न त सास नै भेटियो ।

साउन १९ मा पाँचपोखरी थाङपाल गाउँपालिका–२ मा पहिरोले ३ जनाको ज्यान लिएको छ । सोही दिन मेलम्ची नगरपालिका–९ गैराबगरमा पहिरो खस्दा निर्माण मजदूरीका लागि आएका ९ जना तराईबासीले ज्यान गुमाउनु पर्यो ।

जुगल गाउँपालिका–२ लिदीगाउँमा पहिरोमा परी ३७ जनाले ज्यान गुमाएका छन् । साउन ३० गते बिहानीपख बस्तीमाथिको पहाड खस्दा लिदीगाउँका ३९ जना बेपत्ता भएकोमा ३७ जनाको शव फेला पर्यो, २ जना अझै बेपत्ता छन् ।

आइतबार बिहान बाह्रबिसे नगरपालिका–७ घुम्थाङ भीरखर्कबाट खसेको पहिरोले नागपुजे र आसपासका १४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर अन्य १७ जना बेपत्ता भएका छन् ।नेपाल समाचारपत्रबाट

सम्बन्धित समाचारहरु