#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32420147987815749823423934098
नेपाल693014531843750411

यस्ताे छ, नेकपाको अन्तरपार्टी निर्देशन–५

फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरपार्टी निर्देशन–५ बाहिरिएको छ । पार्टीभित्र देखा परेका विभिन्न समस्याहरुलाई समाधान गर्न दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन बाहिरिएको हो । उक्त अन्तरपार्टी निर्देशनमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आवश्यक संशोधन र परिमार्जन अनुमोदन गर्न दिर्नेशन दिइएको छ । अन्तरपार्टी निर्देशन–५ मा लेखिएको छ–‘नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन बीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौता यतिबेला संसदमा अनुमोदनको लागि विचाराधिन अवस्थामा छ । उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नु अघि आवश्यक अध्ययन गरी सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्ने केन्द्र्रीय कमिटीको दोस्रो बैठकबाट कार्यदल गठन गरिएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ । मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्झौता र सो सम्बन्धी कार्यदलको प्रतिवेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने । उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पार्दै आवश्यकताअनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने ।’

त्यस्तै अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकारलाई स्पष्ट गर्ने विषयमा पनि निर्देशन दिइएको छ । उक्त निर्देशनमा भनिएको छ–‘पार्टीमा दुई अध्यक्षात्मक व्यवस्थाको समझदारीपूर्ण एवं प्रभावकारी कार्यान्वयन हुन् नसक्दा शीर्ष नेतृत्व तहमा अविश्वास र अन्तर्विरोध उत्पन्न हुने गरेको छ । एउटा समस्या समाधान भएको केही समय नबित्दै नयाँ रुप र स्तरमा अर्को समस्या आइलाग्ने गरेको छ । यस अवस्थाको नकारात्मक प्रभाव समग्र पार्टी तथा सरकारको काममा समेत परिरहेको छ । वैधानिक अवस्थाको नकारात्मक प्रभाव समग्र पार्टी तथा सरकारको काममा समेत परिरहेको छ । वैधानिक व्यवस्थामा विद्यमान अस्पष्टतालाई स्पष्ट पार्दै पारस्परिक विश्वास र सहमतिका आधारमा यो समस्याको समाधान गर्नुपर्दछ । यसका लागि अध्यक्षद्वयको कार्यविभाजन र कार्यधिकार निम्न अनुसार गर्नेः जसमा रहेका छन् । अध्यक्षद्वयको परामर्शमा महासचिवले सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो तथा केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तयार गर्ने र बैठक बोलाउने । सम्बन्धीत कमिटीको बैठकमा कार्यसूची पेश गर्ने, पारित गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने साथै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको यो कार्यकाल भरी प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारको नेतृत्व गर्ने र सरकारको काममा केन्द्रित हुने त्यस्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रीत हुने ।’

त्यस्तैगरी एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सम्बन्धमा पनि निर्देशन दिइएको छ । उक्त निर्देशनमा भनिएको छ–‘पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकले तय गरेको मिति २०७७ चैत्र २५ देखि ३० मा एकताको राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न गर्ने ।’

यस्तो छ, नेकपाकाे पूरा अन्तरपार्टी निर्देशन–५

 

 

सम्बन्धित समाचारहरु