#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31370823966884746583222938107
नेपाल652764271761147238

एकै दिन ६ सयले बढ्यो सुन, कति छ आज ?

file photo

काठमाडौं ।

नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ६ सयले बढेको हो । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९६ हजार ९ सय कायम भएको थियो । आज भने ९७ हजार ५०० मा कारोबार भएको बताइएको छ ।

गत हप्ता आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन मंगलबार पुनः ३ सयले घटेको थियो ।

बुधबार भने एकै दिन ६ सयले बढ्दै सुन ९६ हजार ४ सयमा कारोबार भएको थियो । विहिबार सुन ९६ हजार ८ सयमा कारोबार भयो भने शुक्रबार ९६ हजार ५ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९७ हजार छ ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १,३४० कायम रहेको महासंघले जनाएको छ । यो सोमबारको भन्दा २० रुपैयाँले बढी हो ।

सम्बन्धित समाचारहरु