#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व331783181000211767304224505065
नेपाल733944771901953898

जबर्जस्ती करणी मुद्दाका फरार दुई जना छ वर्षपछि पक्राउ

सांकेतिक तस्वीर

कञ्चनपुर ।

सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुई जनालाई प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँका २६ वर्षीय अनिल रानालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

स्थानीय युवतीलाई जबर्जस्ती करणीको वारदातपछि दुवै जना विसं. २०७१ फागुन महिनादेखि फरार रहेका थिए । कञ्चनपुर जिल्ला अदालतले दुवै जनालाई वि.सं. ०७२ असार २८ गते जनही ११÷११ वर्षको कैद सजाय तोकेको थियो । घरमै रहेका बेला दुवै जना पक्राउ परेका हुन् । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि प्रहरीले अदालतमा पेश गरेको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार