#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30536622953029737705522206538
नेपाल615933901738343820

जगदम्बा उद्योगमाथि कारवाही

सिमरा ।

सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहा छड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ । विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्ड भन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको छड न्यून गुणस्तरको फेला परेपछि कारवाही गरेको जनाएको छ ।

बाराको सिमरामा रहेको सो उद्योगले आफ्ना उत्पादन एक नम्बरको भनेर दाबी गरे पनि गुणस्तर कमजोर देखिएको गुणस्तर तथा नापतौल अचल कार्यालय वीरगञ्जका कर्मचारीको भनाइ छ । उत्पादित लोहाछडमा कैफियत देखिएकाले गुणस्तरको सुनिश्चिता नभएसम्म छडको उत्पादन र बिक्री नगर्न लिखितरुपमा पत्रसमेत पठाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । न्यून गुणस्तर भएको १६ एमएमको टीएमटी बारफी ५०० छड उत्पादनमा रोक लगाइएको उहाँले जानकारी दिए। विभागका निर्देशक सञ्जीव ठाकुरले उद्योगीको उत्पादन रोक्नका लागि पत्र पठाइएको जानकारी दिए।

उता उपभोक्ता मञ्च वीरगञ्जका रमेश शाहले उपभोक्तालाई ठगी गरेकाले छानविन गरी अदालतमा मुद्दा दायर गर्नुपर्ने बताए । गुणस्तर तथा नापतौल अञ्चल कार्यालय वीरगञ्जका प्रमुख शशीभूषण यादवले विगत एक वर्षमा मकवानपुर, बारा, पर्सा र रौतहटका दुई दर्जनभन्दा बढी नापतौलमा अनियमितता गर्ने उद्योग र पेट्रालियम पदार्थ बिक्री गर्ने व्यवसायीलाई कारवाही र जरिवाना गर्नुका साथै अदालतमा मुद्दासमेत दायर गरेको जानकारी दिए।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार