#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33130061999730766495424465377
नेपाल733944771901953898

गण्डकी प्रदेशमा ४७ कोरोना सङ्क्रमित थपिए

कास्की।

गण्डकी प्रदेशमा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ११२ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २०, स्याङ्जाका १२, तनहुँका नौ, कास्कीका तीन/ गोरखा, लम्जुङ र मनाङका एक, एकजना रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८ जनाको पिसिआर परीक्षण गरिएकामा ४८ जनामा कोरोना पुष्टि भएको छ । परीक्षण गरिएकामध्ये ६२६ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने एकको मृत्यु एवम् ४४ जनाको पुनः पोजेटिभ देखिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार