#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31763721974546742075923368416
नेपाल666324291814248061

पोखरामा विश्वका चर्चित मूर्तिकारहरुले निर्माण गरेका मूर्तिहरु अलपत्र

पोखरा ।

पर्यटकीय नगरी पोखराको फेवातालस्थित कोमागाने पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् ।

सात वर्ष अघि विश्वका चर्चित मूर्तिकारहरुले निर्माण गरेका यी मूर्तिहरु अहिले संरक्षणको अभावमा छरपस्ट छन् भने दिन प्रतिदिन जिर्ण बन्दै गएका छन् । ढुंगाबाट मूर्ति बनाउने संसारका प्रसिद्ध मूर्तिकारहरु थेउरी लयरसको टिम र नेपालका मूर्तिकारहरुको संयुक्त पहलमा मूर्ति निर्माण भएको थियो ।

पार्कमा नाग, साँढे, प्रसव बेथामा रहेकी महिला, पात, मानिस, बुद्ध, बज्रयोगीनी, हिमाल लगायतमा मूर्तिहरु निर्माण गरिएको थियो । त्यस्ता महत्वपूर्ण मूर्ति रहेको कोमागाने पार्क अहिले भने संरक्षणको अभावमा गाईवस्तु चरन क्षेत्रको रुपमा परिणत भएको छ । यो पार्क अहिले स्थानीय तह अन्तर्गत पोखरा महानगरपालिकाको जिम्मामा छ । तर अहिले सम्म महानगरपालिकाले कुनै पार्कको व्यवस्थापन र मूर्तिको संरक्षणमा ध्यान दिएको देखिदैन । महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले भने पार्कको व्यवस्थापन र कलात्मक मूर्तिहरुको संरक्षणका लागि महानगरपालिकाले छिट्टै काम सुरु गर्ने बताए ।

पार्कमा १४ वटा मूर्ति रहेका छन् । जुन मुर्तिहरु सात वर्ष अघि करिब १ करोड लगानीमा नेपाल प्रज्ञा प्रतिष्ठान र पोखरा पर्यटन परिषद्को समन्वयमा १४ जना मूर्तिकारहरुले निर्माण गरेका थिए ।

सम्बन्धित समाचारहरु