#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30869199958852744059522469752
नेपाल627974011712945267

नेपाल एयरलाइन्समार्फत आज कतारबाट १५० नेपाली स्वदेश फर्किए

दोहा कतार ।

नेपाल एयरलाइन्सले कतारको राजधानी दोहाबाट ३८ औँ सहजीकरण उडान गरेको छ । उक्त उडानमार्फत १ बच्चा, १२ महिलासहित १५० जना नेपाल फर्किएका छन् भने एउटा शव पठाइएको जानकारी नेपाली दूतावासका तर्फबाट प्रोटोकल ड्युटीमा खटिएका द्वित्तिय सचिव भुवनप्रसाद भट्टले दिएका छन् ।

यात्रीहरूलाई बिदाइ गर्न भट्टका अलावा प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल, नेपाली नियोगबाट ड्युटीमा खटिएका पदाधिकारीहरू लगायतका व्यक्तिहरू एयरपोर्ट पुगेका थिए । यसअघि ३६ औं उडानबाट १४२ र ३७ औं उडानबाट १५३ जना नेपाली स्वदेश फर्कीसकेका छन् । कतारबाट नेपाल एयरलाइन्सले सेप्टेम्बर २२, २४ र २५ मा थप उडान गर्ने भएको छ । लकडाउन यता सहजीकरण उडान मार्फत कतारबाट कुल ७ हजार ०६४ जनासहित ७० वटा शव नेपाल पुगिसकेका छन् ।

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरूले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए पश्चात् र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप दोहाबाट निरन्तर चार्टर विमानमार्फत सहजीकरण उडान भईरहेका छन् ।

सम्बन्धित समाचारहरु