#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व331822561000345767473724507174
नेपाल733944771901953898

आजकाे धक्का गोरखा भूकम्पकाे पराकम्प

काठमाडौं ।  सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको परकम्प गएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६ रिक्टर स्केल) को परकम्प भएको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

बिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौं आसपासको भेगमा ठूलो धक्का दिएको छ । उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको थियो ।

वि.सं. २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार