#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32665801991078758118524093538
नेपाल706144591828951866

सिन्धुपाल्चोकमा ३ पटक भूकम्पको धक्का

काठमाडौं ।

आज केन्द्र बिन्दु भएको सिन्धुपाल्चोक जिल्लामा ३ पटक भूकम्पको धक्का महसुस भएको स्थानियवासीहरुले बताएका छन् ।

तर राष्ट्रिय भूकम्प मापन केन्द्रको मापनमा भने विहान ५ बजेर १९ मिनेटमा ६ रेक्टर स्केलको एउटा मात्र भूकम्प गएको देखिएको छ ।

चार रेक्टर भन्दा कम मापनका भूकम्पको रेकर्ड मापन केन्द्रमा नहुने हुँदा यस्तो देखिएको हो । यद्यपी आज गएको भूकम्प नयाँ भूकम्प नभएको र ०७२ कै भूकम्पको पराकम्प भएको मापन केन्द्रले जनाएको छ ।

आज गएको भूकम्पको केन्द्र सिन्धुपाल्चोकको राम्चे हो । जहाँ केहि दिन अघि बाढी पहिरोले ठूलो धनजनको क्षति भएको थियो । त्यसक्षेत्रमा आजको भूकम्पले  भने खासै असर गरेको छैन । यद्यपी त्रास भने बढाएकाे छ ।

सम्बन्धित समाचारहरु