#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30487274952197736915722165920
नेपाल615933901738343820

हरेक सय जना संक्रमितमध्ये २३ जना काठमाडौं उपत्यकामा

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणकाे ग्राफ दैनिक बढ्दै गइरहेकाे स्वास्थ्य मन्त्रालयकाे तथ्यांकले देखाउछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा मात्र काठमाडौं उपत्यकामा ३ हजार ९४८ संक्रमित थप भएका छन्  ।

स्वास्थ्य मन्त्रालयकाे तथ्यांक अनुसार सबैभन्दा धेरै काठमाडौं जिल्लामा ३ हजार ३६४ जना संक्रमित थपिए । त्यस्तै गत बुधबारदेखि हिजोसम्मकाे तथ्यांक अनुसार भक्तपुर र ललितपुरमा क्रमश: ३३५ र २४९ संक्रमित थप भएका हुन्  ।

अहिलेसम्म काठमाडौंमा १० हजार ५८१, ललितपुरमा १ हजार २२६ तथा भक्तपुरमा १ हजार ११७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या १२ हजार ९२४ पुगेको छ । देशभरकाे संक्रमितमध्ये करिब २३ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा छन् ।

मंगलबारकाे तथ्यांक अनुसार देशभरकाे संक्रमित संख्या ५६ हजार ७८८ जना हुँदा काठमाडौं उपत्यकामा मात्र यतिकाे संख्या देखिनुले संक्रमणकाे हटस्पट काठमाडौंलाई देखाउछ भने हरेक एक सयमा २३ जना उपत्यकामै रहेका तथ्यांकले पुष्टि गर्छ । उपत्यकाकाे यो संक्रमणदर एकहप्ता अघि १९ मात्र थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो मंगलबार मात्र काठमाडौं उपत्यकामा ६७६ जना संक्रमित थपिएका हुन् । मंगलबार काठमाडौंमा ५५५ संक्रमितकाे पहिचान भएका थिए । त्यसैगरी, ललितपुर र भक्तपुरमा क्रमश: ८६ र ३५ जना संक्रमित थपिएका थिए ।

लामाे समयकाे निषेधाज्ञा र लकडाउन खुकुलो हुँदै गर्दा थप संक्रमण बढ्ने जोखिम रहेकाेले सतर्क रहन र स्वास्थ्य मापदण्ड पालना गर्न स्वासथ्य मन्त्रालयले आग्रह गरेकाे छ । भोलिदेखि आन्तरिक उडान र लामाे दूरीका यातायाात समेत खुल्ने भएकाेले संक्रमणदर अझ बढ्न सक्ने विश्लेषकहरूकाे भनाइ छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार