#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31741460973907740813423359419
नेपाल666324291814248061

नेपालका दुई हिमाल चढ्न बहराइनका राजकुमारसहित १८ जना आउँदै

काठमाडौं ।

सरकारले बहराइनका राजकुमारसहितको टोली नेपालको हिमाल चढ्नका लागि आउन लागेको बताएको छ। राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणको उदेश्यसहित गएराति करिब १२ः३० बजे नेपाल प्रस्थान गरेको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ।

भदौ १५ गते बसेको मन्त्रिपरिषदको बैठकले निर्णय स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने गरी चार्टर फ्लाइटबाट नेपाल आउन दिने निर्णय गरेको थियो। बहराइन डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको सो टोली शेख ईशा एयरबेसको विशेष विमानबाट नेपाल प्रस्थान गरेको राजदूतावासले जनाएको हो।

दूतावासका अनुसार लगभग २ महिना समयावधिको कार्यक्रमसहित नेपाल प्रस्थान गरेको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिंदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको छ।

पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि स्वःक्वारेन्टाइनमा रहेका थिए । कोभिड १९ संक्रमण भए, नभएको सम्बन्धमा परीक्षण पश्चात सबैजना कोरोना संक्रमण नेगेटिभ रहेका छन् । सो टोलीले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्ने दूतावासले जनाएको छ।अन्नपूर्णबाट

सम्बन्धित समाचारहरु