#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32131138982515744430623704317
नेपाल678044361741449954

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई कोरोना संक्रमितको मृत्यु

धरान ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

पछिल्लो पटक मृत्यु भएकाहरु सुनसरी र सप्तरीका रहेका छन् । सप्तरीको खडक नगरपालिका-३ का ३५ वर्षीय पुरुषको आज बिहान ६ः१५ बजे मृत्यु भएको हो । उनी मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । उनी मिर्गौला र उच्च रक्तचापका विरामी पनि थिए ।

यस्तै प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार धरान उपमहानगरपालिका १७ का ७० वर्षीय पुरुषको मंगलबार दिउसो साढे २ बजे मृत्यु भएको हो । २८ गते कोरोना पुष्टि भएका उनी २७ गते केन्द्रमा भर्ना भएका थिए । यो सँगै प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।

सम्बन्धित समाचारहरु

ताजा समाचार