#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341565871018789771063825427160
नेपाल778174982089156428

रोनाल्डोलाई पछि पार्दै मेस्सी सर्वाधिक कमाउने फुटबलर

काठमाडौं ।

स्पेनिस ला लिगा क्लब बार्सिलोना तथा अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमका कप्तान लियोनल मेस्सी सन् २०२० को सर्वाधिक आम्दानी गर्ने फुटबलर खेलाडी बनेका छन् । विश्व चर्चित अमेरिकी पत्रिका ‘फोब्र्स’ म्यागजिनले गत सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका ३३ वर्षीय मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् ।

यस वर्ष सर्वाधिक कमाइ गर्ने फुटबलर बन्ने क्रममा उनले इटालियन सिरी ए क्लब युभेन्ट्स तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । गत वर्ष पोर्चुगिज रोनाल्डो सर्वाधिक कमाउने खेलाडी रहेका थिए । सोही वर्ष उनी अर्बपति फुटबलरको लिस्टमा समेत सूचीकृत भएका थिए । तर, यस वर्ष भने सर्वाधिक कमाइ गर्नेमा मेस्सीले रोनाल्डोलाई उछिनेका हुन् ।

फोब्र्सका अनुसार, मेस्सीको कमाई १ सय २६ मिलियन अमेरिकी डलर रहेको छ । जसमा उनले पारिश्रमिकबाट ९२ मिलियन अमेरिकी डलर कमाए भने ३४ मिलियन विभिन्न व्यापारिक प्रायोजनबाट कमाएका छन् । रोनाल्डोको यस वर्षको कमाई १ सय १७ मिलियन डलर रहेको छ ।

यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार खेलाडी नेयमार ९६ मिलियन डलरसहित तेस्रो स्थानमा रहेका छन् । त्यस्तै पीएसजीकै युवा स्टार केलियन एमबाप्पे पहिलो पटक सूचीको चौंथो स्थानमा परेका छन् । एमबाप्पेको कमाई ४२ मिलियन अमेरिकी डलर रहेको छ ।

इंलिग्स क्लब लिभरपुल तथा इजिप्टका मोहमद सलाह ३७ मिलियन अमेरिकी डलरसहित पाँचौं स्थानमा रहेका छन् । यस्तै ३४ मिलियनसहित म्यानचेस्टर युनाइटेडका पाउल पोग्बा छैटौं, ३३ मिलियन कमाई गरेका बार्सिलोनाका एन्टोनियो ग्रिजम्यान सातौं र २९ मिलियनसहित रियल मड्रिडका ग्यारेथ बेल आठौं स्थानमा रहेका छन् ।

त्यस्तै बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की २८ मिलियनसहित नवौं स्थानमा रहँदा २७ मिलियनसहित दसौं स्थानमा म्यानचेस्टर युनाइटेडका स्पेनिस गोलकिपर डेभिड डि जिया रहेका छन् ।

सम्बन्धित समाचारहरु