#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341590601018791770982125430448
नेपाल778174982089156428

पैसा डिसइन्फेक्सन गर्ने मेसिन बजारमा

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला एटिएमबाट निस्किने पैसा डिसइन्फेक्सन गर्ने मेसिन बजारमा आएको छ । आज सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने कम्पनीको दाबी छ । खेम्स क्लिनिङ र र्यापिड सर्जिकलले बजारमा ल्याएको मेसिनले बैंकहरुमा पैसा मात्रै नभएर, अस्पतालमा नियमित प्रयोगमा आउने सामग्री र पानी बाहेक अन्य घरायसी समग्रीहरु पनि डिसइन्फेक्सन गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका निर्देशक मनिस थापाले बैंकहरुमा पैसासँगै अस्पतालमा पीपीई, मास्क, घरमा समेत चस्मा, घडी र अन्य कपडाहरु समेत डिसइन्फेक्सन गर्न सकिने बताए । ३० सेकेण्डदेखी ४ मिनेटसम्ममा कुनै पनि सामान डिसइन्फेक्सन गर्न सकिने उनको भनाइ छ ।

डिसइन्फेक्सन मेसिनको पहिले नै न्यूरोडमा रहेको कुमारी बैंकमा परीक्षण गरिएपछि बजारमा सार्वजनिक गरिएको हो । कोरोना भाइरसले अहिले विश्व नै आक्रान्त बनिरहेका बेला पैसा लगायत हामीले दैनिक प्रयोग गर्ने सामानहरु डिसइन्फेक्सन गर्न सकिने भएपछि केही सहज हुने विश्वास लिइएको छ ।

सम्बन्धित समाचारहरु