#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341592321018792770988825430552
नेपाल778174982089156428

निर्माण सामग्रीमा मौलाउदो ठगी धन्दा

काठमाडौं ।

पछिल्लो समय सिमेन्ट, रड (छड) लगायतका निर्माण क्षेत्रसँग सम्बन्धीत सामाग्रीहरुमा ठगीको धन्दा मौलाउन थालेको छ । निर्माणसँग सम्बन्धी कम्पनीहरुले कम लागत बढी कमाउने धन्दामा लाग्दा यस क्षेत्रमा ठगी मौलाउँदै गएको हो । गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा २ वटा मात्रै कम्पनीलाई कारवाही गरेको छ । जसमा जगदम्बा स्टील्स र मंगला सिमेन्ट कम्पनी रहेका छन् । यी कम्पनीहरुको उत्पादन गुणस्तरहिन भए पनि विभागले कारवाही गरेको हो ।

जगदम्बा स्टील्स प्रालीबाट उत्पादन भएका ३ सय टन उत्पादन गुणस्तरहिन भएको भन्दै विभागले विक्री वितरणमा रोक लगाएको हो । बारा जिल्लामा रहेको यस कम्पनीको टीएमटी बार १६ एमएमको छडको संकलित नमुनामा कार्बन र सल्फर (केमिकल) को मात्रा बढी भेटिएपछि विभागले विक्री वितरणमा रोक लगाएको हो ।

कोरोना भाइरसको संक्रमण भएका कारण विभागले चालु आर्थिक वर्षमा धेरै अनुगमन र कारवाही गर्न सकेको छैन । पछिल्लो समय जगदम्बाको छडमा केमिकलको मात्रा बढी देखिएपछि कारवाहीका लागि विभाग कडा रुपमा प्रस्तुत भएको छ । विभागले शंकर ग्रुपको मुख्य उत्पादक जगदम्बा स्टील्सको विक्री वितरणमा रोक लगाएको छ । लकडाउनका बेला ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेका व्यापारिक घराना शंकर ग्रुप अन्तर्गतको फलामे छड उत्पादक जगदम्बा स्टील्सबाट उत्पादन भएका ३ सय टन उत्पादन गुणस्तरहिन भएको भन्दै विभागले विक्रि वितरणमा रोक लगाएको हो । बारा जिल्लामा रहेको यस कम्पनीको टीएमटी बार १६ एमएमको छडको संकलित नमुनामा कार्बन र सल्फर (केमिकल) को मात्रा बढी भेटिएपछि विभागले विक्री वितरणमा रोक लगाएको हो ।

विभागले तोकिएको मापदण्ड अनुसार १६ एमएमको छड उत्पादन गरेर गुणस्तर भएमा त्यहि कम्पनीले स्थगित भएको इजाजत पुनः प्राप्त गर्न सक्छ । विभागले सो परिणामको फलामे छड उत्पादन गर्दा कार्बनको मात्रा अधिकतम ०.३० प्रतिशत हुनु पर्ने व्यवस्था छ ।

तर जगदम्बाले ०.३५ प्रतिशत कार्बन राखेर बनाएको अनुगमनका क्रममा भेटिएको विभागले जनाएको छ । त्यस्तै, सल्फलरको मात्रा पनि ०.५५ हुनु पर्नेमा ०.६० प्रतिशत राखेर बनाएको विभागले जनाएको छ । सो स्टीलको प्रयोग गर्दै आएका कृष्ण भट्टराईले साउन २९ गते विभागमा कारवाहीका लागि निवेदन दिएका थिए । उनको निवेदनमाथि सुनुवाई गर्दै विभागले जगदम्बासँग स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएपछि विभागले छड विक्रीमै रोक लगाएको हो ।

मंगला सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्टको उत्पादनको नमुना संकलनमा ३ र ७ दिनको मान क्रमशः १४ एमपिए र १९ एमपिए हुनु पर्नेमा न्युनतम १६ र २२ एमपिए गुण अनुरुप नपाइएकाले सो सिमेन्ट कम्पनी कारवाहीमा परेको हो ।

त्यसैगरी, विभागले यसअघि मंगला सिमेन्ट उद्योग प्राली धादिङलाई पनि कारवाही गरेको थियो । यस कम्पनीले पनि विभागले तोकेको मापदण्ड अनुसार सिमेन्ट उत्पादन नगरेपछि कारवाहीमा परेको हो । यस कम्पनीले उत्पादन गरेको सिमेन्टको उत्पादनको नमुना संकलनमा ३ र ७ दिनको मान क्रमशः १४ एमपिए र १९ एमपिए हुनु पर्नेमा न्युनतम १६ र २२ एमपिए गुण अनुरुप नपाइएकाले सो सिमेन्ट कम्पनी कारवाहीमा परेको हो । विभागले सो ब्याचको सम्पूर्ण उत्पादन बजारबाट फिर्ता गरेको थियो । त्यस्तै, पिपिसीको उत्पादन बन्द गर्नुका साथै १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो ।

के गर्दैछ विभाग ?

बजारमा गुणस्तरहिन सामाग्री आउन नदिन विभाग सदैव अनुगमनलाई तिब्र पार्ने गरेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । चालु आर्थिक वर्षमा कोरोना भाइरसको संक्रमणका कारण चाहे अनुसारको अनुगमन गर्न नसकेको महानिर्देशक पुडासैनीले बताए । गत आर्थिक वर्षमा विभागले ५ सय ८२ वटा नमुना संकलन गरेको थियो । जसमा १६ वटामा कम्पनीको उत्पादन गुणस्तरहिन फेला परेका थिए ।

सम्बन्धित समाचारहरु