#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31497547969535740108023126932
नेपाल652764271761147238

१० वर्ष मुनिका कोरोना संक्रमितकाे संख्या २ हजार नाघ्यो, कुन जिल्लामा कति ?

काठमाडौं ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणले पछिल्लो समय नेपालमा पनि जटिल रुप लिइरहेको छ । गत जनवरी २३ अर्थात माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित बिरामी भेटिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार बेलुकाको तथ्यांक अनुसार, ५६ हजार ७ सय ८८ जना संक्रमित मध्ये २ हजार ४१ जना १० वर्ष मुनिका बालबालिका रहेका छन् । ती मध्ये ८ सय २८ जना बालिका छन् भने १,२१३ बालक रहेको मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५ सय ८५ जना १० वर्ष मुनिका बालबालिका संक्रमित भएका छन् । त्यस्तै प्रदेश २ मा ३३८, बाग्मती प्रदेशमा ४९७, प्रदेश ५ मा २९६, कर्णाली प्रदेशमा ११०, गण्डकी प्रदेशमा ७६ बालबालिका संक्रमित रहेका छन् भने प्रदेश १ मा सबैभन्दा थोरै ३७ जना बालबालिका संक्रमित भएका छन् ।

पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, भोजपुर, धनकुटा, तेह्रथुम, रसुवा, रामेछाप, मनाङ, मुस्ताङ, रुकुमपूर्व, डोल्पा र हुम्ला गरी १४ जिल्लामा अहिलेसम्म १० वर्ष मुनिका बालबालिकामा संक्रमण देखिएको छैन ।

१० वर्ष मुनिका संक्रमित बालबालिका : कुन जिल्लामा कति ?

प्रदेश १

-इलाममा १ बालक
-झापामा ९ बालक र ३ बालिका
-खोटाङमा १ बालक
-मोरङमा ४५ बालिका र ३९ बालक
-ओखलढुंगामा १ बालिका
-सुनसरीमा १४ बालिका र २० बालक
-उदयपुरमा २ बालिका

प्रदेश २

-बारामा १४ बालिका र १४ बालक
-धनुषामा १४ बालिका र ३४ बालक
-महोत्तरीमा ७ बालिका र २४ बालक
-पर्सामा २८ बालिका र ३३ बालक
-सप्तरीमा १३ बालिका र २८ बालक
-सिरहामा ३ बालिका र ५ बालक
-सर्लाहीमा २६ बालिका र २९ बालक
-रौतहटमा २५ बालिका र ४१ बालक

बाग्मती प्रदेश

-सिन्धुपाल्चोकमा १ बालिका र १ बालक
-काभ्रेपलान्चोकमा ५ बालिका र ४ बालक
-ललितपुरमा १३ बालिका ३९ बालक
-भक्तपुरमा १२ बालिका र २७ बालक
-काठमाडौंमा १२३ बालिका र १९१ बालक
-नुवाकोटमा २ बालिका र ३ बालक
-धादिङमा २ बालिका र ५ बालक
-सिन्धुली १ बालिका र १ बालक
-मकवानपुरमा ११ बालिका र १९ बालक
-दोलखा १ बालिका र २ बालक
-चितवनमा १२ बालिका र २२ बालक

गण्डकी प्रदेश

-बाग्लुङमा १ बालिका र ४ बालक
-गोरखामा ७ बालिका र ६ बालक
-कास्कीमा ५ बालिका र ३ बालक
-लमजुङमा ४ बालिका र ५ बालक
-म्याग्दीमा १ बालिका १ बालक
-पर्वतमा ३ बालक
-स्याङ्जामा ४ बालिका र ११ बालक
-तनहुँमा २ बालिका र ५ बालक
-नवलपरासी पूर्वमा ६ बालिका १० बालक

प्रदेश ५

-अर्घाखाँचीमा ७ बालिका र ९ बालक
-बाँकेमा २३ बालिका र २० बालक
-बर्दियामा ७ बालिका र ११ बालक
-दाङमा १५ बालिका र ९ बालक
-गुल्मीमा १० बालिका र ९ बालक
-कपिलवस्तुमा १८ बालिका र २३ बालक
-पाल्पामा ७ बालिका र ७ बालक
-प्युठानमा ९ बालिका र ९ बालक
-रुपन्देहीमा ३८ बालिका र ४३ बालक
-रोल्पामा १ बालिका र १ बालक
-नवलपरासी पश्चिममा ८ बालिका र १२ बालक

कर्णाली प्रदेश

-दैलेखमा ८ बालिका र ३४ बालक
-जाजरकोटमा २ बालिका र १ बालक
-जुम्लामा १ बालिका र २ बालक
-कालिकोटमा २ बालिका र ५ बालक
-मुगुमा १ जना बालक
-सल्यानमा १ बालिका र ४ बालक
-सुर्खेतमा २३ बालिका र २५ बालक
-रुकुम पश्चिममा १ बालिका र १ बालक

सुदूरपश्चिम प्रदेश

-अछाममा ३१ बालिका र ६२ बालक।
-बैतडीमा ९ बालिका र ११ बालक
-बझाङमा २६ बालिका र ४२ बालक
-बाजुरामा ३२ बालिका र ३२ बालक
-डडेल्धुरामा ६ बालिका र १३ बालक
-दार्चुलामा १ जना बालक
-डोटीमा ५६ बालिका र ८० बालक
-कैलालीमा ५६ बालिका र ८८ बालक
-कञ्चनपुरमा २३ बालिका र १८ बालक संक्रमित भएका छन् ।

त्यस्तै नेपालमा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समुहकाहरु संक्रमित भएका छन् । जसमा १४ हजार ३९७ पुरुष र ४ हजार ७११ महिला गरि जम्मा १९ हजार १०८ जना संक्रमित भएका छन् ।

त्यस्तै क्रमश: ११ देखि २० वर्षका पुरुष ४ हजार ४२२ जना र महिला १ हजार ३३० जना गरी जम्मा ५,७५२ जना, ३१ देखि ४० सम्मका पुरुष ११ हजार ५१८ र महिला ३ हजार १३२ जना गरी जम्मा १४ हजार ६५० जना संक्रमित छन् ।

यस्तै ४१ देखि ५० वर्ष सम्मका पुरुष ५ हजार ८४० र महिला १ हजार ८२७ गरी जम्मा ७ हजार ६६७ जना, ५१ देखि ६० सम्मका पुरुष २ हजार ९७४ जना र महिला १ हजार १७९ जना गरी जम्मा ४ हजार १५३ जना, ६१ देखि ७० सम्मका पुरुष १ हजार २१७ जना र महिला ६३८ जना गरी जम्मा १ हजार ८५५ जना, ७१ देखि ८० सम्मका पुरुष ५१० जना र महिला ३६४ जना गरी ८७४ जना संक्रमित भएका छन् भने ८० वर्ष माथिका १६३ जना पुरुष र १२२ जना महिला गरी जम्मा २८५ जना संक्रमित भएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार