#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30697825956446740142122339958
नेपाल615933901738343820

भारतमा सङ्क्रमितको संख्या ४९ लाख नाघ्यो, ७८ प्रतिशत निको

नयाँ दिल्ली । भारतमा कोराना भाइरस सङ्क्रमितको सङ्ख्या करिब ४९ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८ सय ९ जना थप सङ्क्रमित भएका छन् । सोही अवधिमा १ हजार ५४ जना सङ्क्रमितको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभरी अहिलेसम्म कूल सङ्क्रमितको संङ्ख्या ४९ लाख ३० हजार २ सय ३७ पुगेको छ भने कोरोनाकै कारण कूल मृतकको सङ्ख्या ८० हजार ७ सय ७६ पुगेको छ ।

भारतमा कूल सङ्क्रमित मध्ये ९ लाख ९० हजार ६१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ३८ लाख ५९ हजार ४ सय जना सङ्क्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार सङ्क्रमुक्त भएकाहरुको अनुपात ७८.२८ प्रतिशत रहेको छ । यो एकदमै सकारात्मक अवस्था रहेको सरकारी अधिकारीहरुको भनाइ छ ।

उनीहरुकाअनुसार अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरुमध्ये झण्डै आधा अर्थात ४८.८ प्रतिशत सङ्क्रमितहरु महाराष्ट्र, कर्नाटक र आन्द्र प्रदेशमा मात्रै रहेका छन् । भारतमा दैनिक सङ्क्रमितको अवस्था उच्च रहेको छ । केही दिन झण्डै १ लाख पुग्न लागेकोमा अहिले फेरि घटेको देखिएको हो । कोरोना भाइसबाट सङ्क्रमित भएका मध्ये भारतमा पछिल्लो २४ घण्टामा मात्रै ७९ हजार २ सय ९२ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् ।–रासस/एएनआई

सम्बन्धित समाचारहरु

ताजा समाचार