#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31482604969298740322023110086
नेपाल652764271761147238

जापानका नवनियुक्त प्रधानमन्त्री योशिहिदे सुगालाई कांग्रेसका वरिष्ठ नेता पौडेलले दिए बधाई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जापानका नवनियुक्त प्रधानमन्त्री योशिहिदे सुगालाई बधाई दिएका छन् । वरिष्ठ नेता पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नवनियुक्त प्रधानमन्त्री सुगालाई बधाई दिएका हुन् । सुगाको नेतृत्वमा नेपाल–जापान सम्बन्ध अझ सवल हुदै जाने उनको विश्वास छ ।

‘मित्रराष्ट्र जापानको नयाँ प्रधानमन्त्रीमा श्री योशिसिदे सुगा निर्वाचित हुनुभएकोमा उहाँलाई हार्दीक वधाई र शुभकामना दिन्छु’–वरिष्ठ नेता पौडेलले विज्ञप्तिमा लेखेका छन्–‘जापानको लिवरल डेमोक्रेटिक पार्टी र जापानी जनताले श्री सुगाको नेतृत्वमा अहिलेको विषम परिस्थिति पार गर्दै राम्रो प्रगती हासिल गर्न र विश्वशान्ति तथा भाइचारा कायम गर्न सफल हुनेछ । श्री सुगाको नेतृत्वमा नेपाल–जापान सम्बन्ध अझ सवल हुदै जानेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

जापानको संसदमा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । जापानको संसदमा अहिले सुगाले नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले पनि उनले संसदमा भएको निर्वाचनमा अत्यधिक मत पाएका हुन् । किसानको छोरा सुगा अहिले ७१ वर्षका भएका छन् । उनी सन् १९९१ मा प्रधानमन्त्री बनेका किचि मियाजावापछि सबैभन्दा पाको उमेरको प्रधानमन्त्री भएका हुन् ।

यस्ताे छ, पूरा विज्ञप्ति:

सम्बन्धित समाचारहरु

ताजा समाचार