#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32137293982719744668323707891
नेपाल693014531843750411

‘एसिड हान्नेलाई जन्मकैद र थप ५ वर्ष कैद सजाय’ (भिडियो)

काठमाडौं ।

सरोकारवालाहरुले एसिड आक्रमण गर्नेलाई जन्मकैदको सजाय तोक्दै नैतिक पतनको फौजदारी अपराधको रुपमा व्याख्या गर्न सरकारलाई सुझाव दिएका छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आज भएको छलफलमा सरोकारवालाहरुले पीडकलाई जन्मकैदको सजाय हुनुपर्ने सुझाव दिएका हुन् । पीडकलाई नैतिक पतनको फौजदारी अपराध गरेको ठहरिने गरी जन्मकैदको सजाय हुनुपर्ने सुझाव दिएका सरोकारवालाहरुले पीडितको सम्पूर्ण उपचारको खर्च पनि सरकारले बेहोर्ने भन्ने कुरा कानूनमै उल्लेख गर्नुपर्ने बताए ।

महिला अधिकारकर्मी रेणुराज राजभण्डारीले अपराधिले जन्मकैदको सजाय पाउनु पर्ने बताइन् । जन्मकैद सकिएपछि पनि थप ५ वर्ष सजाय पाउने व्यवस्था गर्न सकिए अझै राम्रो हुने उनको भनाइ छ । पीडकले सजाय पाउनेसँगै पीडितले पाउने सपोर्टको विषय पनि कानूनमा आउनुपर्ने उनले बताइन् ।

महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक एवं अधिवक्ता सविन श्रेष्ठले एसिड आक्रमणसँगै अन्य जलाउने घटनाका दोषिहरुलाई पनि समेट्ने गरी जन्मकैदको व्यवस्था कानूनमा व्यवस्था गर्नुपर्ने बताए । एसिड आक्रमण गर्नेलाई जन्मकैद हुने तर त्यसैगरी जलाउनेलाई कम सजाय हुने व्यवस्था तर्क संगत नहुने उनको भनाइ छ । सरकारले पीडितको खर्च पहिलो पटकको उपचारका लागि मात्रै व्यहोर्ने परिपाटीको अन्त्य गर्दै त्यसको प्रभाव रहँदासम्म सरकारले नै खर्च व्यहोर्ने प्रवाधान आउनुपर्ने बताए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार