#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30971368960705744302222567641
नेपाल627974011712945267

नेपाली चलचित्रमा चर्चित भएका तर अमेरिका गएपछि उतै स्थापित भएका अभिनेत्रीहरू (भिडियाे रिपाेर्ट)

काठमाडौं ।

पछिल्लो समय कोही कसैले नेपाली चलचित्र क्षेत्रका नायिकाहरुको नाम सोध्छ भने नयाँ पुस्ताको सोझो जवाफ हुन्छ – प्रियंका कार्की, आँचल शर्मा, केकी अधिकारी, स्वस्तिमा खड्का लगायत… ।

तर आफ्नो समयमा यी नायिकाहरुले भन्दा पनि धेरै चर्चा कमाएका अघिल्लो पुस्ताका अभिनेत्रीहरुको नाम शायदै आज कसैले पनि लिँदैनन् । किनकी उनीहरु प्राय सबैजसो नै चलचित्र क्षेत्रबाट पलाइन भईसकेका छन् । फलस्वरुप समयको अन्तरालसँगै उनीहरुलाई दर्शकहरुले पनि बिर्सदै गएका छन् ।

हाल यो चलन कम देखिए पनि एकताकाको समय यस्तो थियो, जब कलाकारहरु कार्यक्रमको बाहाना बनाई विभिन्न देशमा जान्थे अनि प्राय उतै बस्थे । जसमा सबैको तार्गेट अमेरिका पर्ने गर्दथ्यो । करिष्मा मानन्धर, गौरी मल्ल, सरोज खनाल लगायतका केही कलाकारहरु केहि वर्षको अमेरिका बसाईपछि नेपाल फर्किए पनि त्यस्ता धेरै कलाकारहरु अझै पनि अमेरिकामा नै स्थापित भएर बसिरहेका छन् ।

आज हामी तपाईंहरू समक्ष तिनै १५ अभिनेत्रीहरुको रिपोर्ट पस्कदैछौं जो सुन्दर भविष्यको सपना सजाएर सधैंका लागि अमेरिका उडे । हेरौं भिडियोमा :

 

 

 

 

सम्बन्धित समाचारहरु