#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32913377995994760975524307628
नेपाल718214671834153013

अनौठो विश्व : यी हुन् विश्वको दोस्रो अग्ली शिकागोकी मोडल

काठमाडौं ।

शिकागो (अमेरिका) निवासी रेन्सेखेरलु बडको कम्मरदेखि पैतालासम्मको लम्बाई ५२.८ इन्च छ । विशेष कुरा यो हो कि उनको परिवारका सबैजनाको लम्बाई सामान्य भन्दा लामो छ । रिपोर्टका अनुसार उनी सबैभन्दा लामो खुट्टा हुने दोस्रो महिला हुन् । जसका कारणले गर्दा, उनलाई कपडा र जुत्ता किन्न धेरै कठिनाई पर्छ । मूल रूपमा मंगोलियाकी यी महिलाको बुबाको उचाई ६ फिट १० इन्च छ, जबकि आमाको उचाई ६ फिट १ इन्च छ । यद्यपि यस्तो उचाईका कारण उनीहरुको परिवारलाई धेरै चोटि मजाक पनि बनाइयो ।

उनका अनुसार बाल्यकालमा उनी ज्यादै अप्ठ्यारो महसुस गर्थिन्, तर अब उनलाई आफ्नो उचाईमा गर्व लाग्छ । उनी आफ्नो लामो खुट्टासँग खुशी छिन् । उनी एउटा ब्राण्डका लागि मोडलको काम गर्छिन् । यद्यपि रेन्सेखेरलुलाई गिनीज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम समावेश गर्न मन छैन । उनी इन्स्टाग्राममा सक्रिय छिन् ।

उनी भन्छिन् मैले लामो उचाईका कारण धेरै समस्याहरूको सामना गर्नु प¥यो । जस्तै आफ्नो साइजको कपडा किन्न समस्या, धेरै घरहरू साना भएका कारण हिड्न र बस्नलाई समस्या, कहिलेकाँही टाउको ढोका वा छानामा लाग्नु ।

उनीहरूले जूत्ताका लागि पनि संघर्ष गर्नुपर्छ । किनभने उनीहरूको जुत्ताको साइज पुरै एशिया र मंगोलिया र कोरियामा पनि पाइदैन ।

यीनी हुन् सबैभन्दा लामो खुट्टा हुने महिला

विश्वको सबैभन्दा लामो खुट्टा मेस्सी कुरनको हो । उनी टेक्सास प्रान्तको अस्टिनमा बस्छिन् । उनको खुट्टाको लम्बाई ५३ इन्च छ ।

एजेन्सीकाे सहयाेगमा 

सम्बन्धित समाचारहरु