#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31849775976545742336823449862
नेपाल678044361741449954

आज सबै अदालत बन्द हुने

काठमाडौं ।

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार (आज) एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार शोक बिदा दिने निर्णय गरेको हो ।

सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सप्तरी जिल्लामा वि.सं. १९७६ सालमा जन्मिएका सिंहले वि.सं. २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गरेका थिए । वि.सं. २००३ देखि सरकारी सेवामा बडाहाकिम पदबाट सिंहले सेवा प्रारम्भ गरेका थिए।

सम्बन्धित समाचारहरु

ताजा समाचार