#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31035922962189744224022631493
नेपाल627974011712945267

भोलिबाट लामो दूरीका सवारी सञ्चालनमादेखि बहराइनका राजकुमार हिमाल चढ्न नेपालमासम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये भोलिदेखि आन्तरिक हवाई उडान तथा लामो दूरीका यातायात सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लामो समयदेखि गरिएको लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका ती क्षेत्र सरकारले खोल्न दिने निर्णय गरेसँगै भोखिदेखि सञ्चालनमा आउने भएका हुन् ।

त्यस्तै औषधि व्यवस्था विभागले गुणस्तर हेरेर मात्रै स्यानिटाइजर प्रयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ । बजारमा मापदण्ड विपरितका मिथानोल जस्ता विषाक्त पदार्थ मिसाइएका स्यानिटाइजर पाइएकाले गुणस्तर हेरेर मात्र प्रयोग गर्न विभागले अपिल गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक आयोगमा पदपूर्ति हुन नसकेको आरोप लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुपर्ने कामहरुलाई आफ्नो प्राथमिकतामा नराखेर गर्न नहुने कामहरुमा मात्रै क्रियाशिलता बढाएको कांग्रेसले आरोप लगाएको हो ।

त्यस्तैगरी गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा २ वटा कम्पनीलाई कारवाही गरेको छ । जसमा जगदम्बा स्टील्स र मंगला सिमेन्ट कम्पनी रहेका छन् । यी कम्पनीहरुको उत्पादन गुणस्तरहिन भएकाले विभागले कारवाही गरेको हो ।

हिमाल आरोहणका लागि बहराइनका राजकुमारसहित १८ जनाको टोली बुधबार काठमाडौं आइपुगेको छ । मनास्लु र लोबुचे हिमाल आरोहणको लागि उनीहरु नेपाल आएका हुन् । सो टोलीमा रहेका १८ जनामध्ये तीन जना बेलायती नागरिक छन् भने बाँकी बहराइनका नागरिक रहेका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार