#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30991498961461744219822587839
नेपाल627974011712945267

पेट्रोलमा मिसावट गर्ने २ ट्याङ्कर चालक पक्राउ

बारा । पेट्रोलियम पदार्थमा मिसावट गरेको अभियोगमा २ जना ट्याङ्कर चालकलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ना.७ ख ३९२३ नम्बरको ट्याङकरका चालक जितपुरसिमरा उपमहानगरपालिका-२१ बस्ने २६ वर्षीय राजेश विश्‍कर्मा र ना.७ ख ४०९३ नम्बरको ट्याङ्करका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ नवलपुर बस्ने २९ वर्षीय सन्तोष खड्काल छ्न् ।

अमलेखगंज डिपोमा निगमको करारनामामा रहेका उक्त ट्याङकरमा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी आउने क्रममा उनीहरूले पेट्रोलियम पदार्थ पेट्रोलमा मिसावट गरी २ नम्बर प्रादेशिक कार्यालय अमलेखगंजमा खाली गर्नु पूर्व जाँच गर्दा मिसावट रहेको पाइएपश्चात उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू उपर कालो बजार तथा अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सम्बन्धित समाचारहरु