#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30941668960274743111722550277
नेपाल627974011712945267

अमेरिकामा हरेक १० कोरोना संक्रमितमध्ये १ जना दोस्रोपटक अस्पताल भर्ना

अमेरिकामा हरेक १० जना कोरोनाका संक्रमितमध्ये एक जनालाई दोस्रोपटक अस्पताल भर्ना गर्नुपरेको छ ।

जर्नल एकेडेमिक इमरजेन्सी मेडिसिनकाे अनुसन्धान अनुसार एकपटक उपचार गरी अस्पतालबाट डिस्चार्ज गरेपछि दोस्रो पटक भर्ना गर्नु परेको छ । प्रतिवेदनका अनुसार अस्पतालमा उपचारपछि डिस्चार्ज भएका १० जनामध्ये एक जना कोरोनाका बिरामीलाई एक हप्ताभित्रै दोस्रो पटक भर्ना गर्नुपरेको पाइएको छ ।

अस्पतालबाट डिस्चार्ज भएर दोस्रो पटक भर्ना गर्नुपरेका बिरामीमा अक्सिजनको कमीका साथै खोकीको लक्षण पाइएको थियो । तीन महिनाको अवधिमा अस्पताल भर्ना भएका १ हजार ४ सय मानिसमा अनुसन्धान गरिएकाे प्रतिवेदनको दाबी छ ।

अध्ययनका अनुसार डिस्चार्ज गरेपछि कुल सङक्रमितमध्ये ४ दशमलव ७ प्रतिशतलाई दोस्रो पटक भर्ना गर्नुपरेको र ३ दशमलव ९ प्रतिशतलाई एक हप्ताभित्रै भर्ना गर्नुपरेको बीबीसीले उल्लेख गरेको छ ।

सम्बन्धित समाचारहरु