#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30536403953024737750622205873
नेपाल615933901738343820

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

काठमाडौं ।

नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी छ । पहिरो खस्न रोकिएसँगै बिहानैदेखि सडक सफा गर्न शुरु गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।

पहिरोका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटामा रोकिएका छन् । बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो । सो सडकमा सोमबार रातिदेखि पटक पटक पहिरो खस्दै आएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार