#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31280379965663745996422854752
नेपाल652764271761147238

आगलागीबाट घर जलेर नष्ट

बागलुङ । बागलुङको बरेङमा आगलागी हुँदा एक घर जलेको छ । आगलागीमा बरेङ गाउँपालिका–३ बाटाकाचौरका सरस्वती विकको  घर जलेको हो । राति २ बजे एक्कासी भएको आगलागीमा घर जलेर नष्ट भएको प्रहरी चौकी बरेङले जनाएको छ ।

घरमा आगलागी भएको देखेर भागेका विक परिवारले ज्यान बचाएका छन् । उनको घरका सबै सामान जलेको प्रहरी सहायक निरीक्षक कृष्ण अधिकारीले जानकारी दिए । स्थानीयले राति नै आगो नियन्त्रणमा लिएकाले गाउँका अन्य घरमा भने क्षति हुन पाएन । घरमा रहेका अन्नपात, लत्ता कपडा सबै जलेकाले विक परिवारलाई छिमेकीको घरमा आश्रय दिइएको उनले बताए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार