#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30974684960838744339522570451
नेपाल627974011712945267

कैलालीमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

कैलाली ।

कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित महिलाको बुधबार साँझ मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ की ५७ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

कोरोना सङ्क्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलालाई अस्पतालको भेन्टिलेटरमा राखेर प्लाज्माथेरापी विधिबाट उपचार भइरहेको थियो। सूचना अधिकारी श्रेष्ठले भने,“रेमडेसिविर औषधि समेत प्रयोग गरी सबै प्रयास गरिए पनि उहाँलाई बचाउन सकिएन ।” भदौ १७ गते कोरोना पुष्टि भई गम्भीर खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो ।

सम्बन्धित समाचारहरु