#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341592321018792770988825430552
नेपाल778174982089156428

कोरोनालाई हराउने १०३ वर्षीय महिला

काठमाडौं ।

१०३ वर्षीय महिला जेनी स्टेना, कोरोना भाइरसलाई जितेर घर फर्कीएकी छिन् । अमेरिकाको म्यासाचुसेट्समा बस्ने जेनीले कोरोनाको संक्रमणको दौरान हार नमानि लडिरहिन् । उनका नातिनी शैली गनका अनुसार उनको हजुरआमालाई केही महिना पहिले ज्वरो आयोे त्यसपछि उनले कोरोना टेस्ट गरिन् । उनले आफ्नो इच्छाशक्तिले कोरोनालाई हराइन् । उनी संक्रमणमुक्त भएपछि, अस्पतालका कर्मचारीहरूले हजुरआमालाई बियर ख्वाएर खुसी मनाएका थिए ।

अवस्था बिग्रिएपछि पनि सुधार भयो

शैली गनका अनुसार हजुरआमालाई एक नर्सिङ होममा संक्रमण भएको थियो, जहाँ उनी आफ्नो उपचार गराइरहेकी थिइन् । संक्रमण पुष्टि भएपछि उसलाई छुट्टै वार्डमा सारियो । एकपटक उनको अवस्था बिग्रिएको थियो तर पुनः उनी रिकभर हुन थालिन् ।

प्रसिद्ध रेडियो निर्माता थिइन् जेनी

जेनी म्यासाचुसेट्स निवासी हुन् । उनका पति टेडीको निधन सन् १९९२ मा भएको थियो । जेनी एक प्रसिद्ध बिंगो प्लेयर र रेडियो निर्माता थिइन् । उनलाई किताब पढ्न मन पर्छ । जेनीका दुई सन्तान, तीन जना नातिनातिना र चार जना पनातिहरू छन् ।

सम्बन्धित समाचारहरु