#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31240317965068743968622835563
नेपाल641224111747846233

दशैं आउनै लाग्दा पनि छैन अटो बजारमा रौनक

काठमाडौं ।

हिन्दुहरुको महान् चार्ड विजया दशमी अटो क्षेत्रको व्यवसायका लागि सबैभन्दा महत्वपूर्ण समय हो । अटो क्षेत्रमा आबद्ध व्यवसायीहरुले यसै समयमा मनग्गे कारोबार गर्छन् ।

हरेकवर्षको दशैंलाई लक्षित गर्दै विभिन्न ब्राण्डका गाडी तथा मोटरसाइकल, स्कुटी लगायतले विभिन्न अफरहरु ल्याउने गर्थे । त्यतिमात्रै होइन, दशैंलाई लक्षित गर्दै भृकुटीमण्डपमा भब्यरुपमा ‘नाडा अटो शो’ आयोजना गरिन्थ्यो । जुन शोमा विभिन्न ब्राण्डका नयाँ नयाँ गाडीहरु विक्रिका लागि राखिन्थ्यो । विभिन्न अफरसहित प्रदर्शनीमा राखिएका गाडीसँगै बैंक तथा वित्तीय संस्थाका स्टलहरु पनि राखिन्थे । गाडी खरिदमा बैंकले विभिन्न स्कीममा लोन प्रवाह गर्ने होडबाजी चल्थ्यो । हरेक क्षेत्रमा कार्यरत मानिसहरु दशैंमा अफरसहित गाडी किन्ने योजनामा हुन्थे । दशैंमा आएको बोनससहित गाडी किन्न कयौँ ग्राहकले योजना बनाउँथे । हरेक वर्षको नाडा अटो शोमा ५ अर्ब रुपैँयाँ बराबरको कारोबार हुने गर्थ्याे । जसले गर्दा अटो व्यवसायको बजारमा विस्तार हुनुका साथै कारोबार पनि फस्टाउने गर्थ्याे ।

तर यसपालीको दशैं भने अटो बजारका लागि त्यति महत्वपूर्ण नरहने भएको छ । अब दशैं आउन एक महिना मात्रै बाँकी छ । तैपनि अटो बजारमा कुनै चहल पहल नभएको व्यवसायीहरु बताउँछन् । गत ६ महिनादेखी विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को महामारीका कारण यस वर्षको दशैंमा अटो बजारमा कुनै चहलपहल छैन । कोरोना संक्रमणका कारण एकातिर सरकारले धेरै जमघट नगर्न निर्देशन दिइरहेको र अर्कातिर कयौं क्षेत्रमा ठूलो परिणाम रोजगारी गुमेकाले पनि मानिसको क्रय क्षमतामा ह्रास आएको छ ।

जसका कारण उनीहरुलाई हातमुख जोड्नै धौ धौ परिरहेका बेला गाडी किन्न सक्ने अवस्था पनि हुँदैन । कोरोना महामारीको संक्रमणलाई ध्यानमा राख्दै यसपालीको नाडा अटो शो पनि स्थगित भएको छ । नाडा अटो शोबाट दशैंका लागि अधिकांश गाडी तथा बाइकहरु बुकिङ हुने गर्थे । अटो शो स्थगितहुँदा अटो क्षेत्रलाई प्रत्यक्षरुपमा ५ अर्ब रुपैँयाँ घाटा वेहोर्नु परेको छ । त्यसैले यसपाटी अटो व्यवसाय नराम्रोसँग खस्किएको व्यवसायीको भनाई छ ।

कोरोना संक्रमणका कारण सरकारले गत चैत ११ गतेदेखि पटक पटक गरी लगाएको लकडाउन तथा निषेधाज्ञाका कारण गाडीको बिक्रीमा ५०/६० प्रतिशतको हाराहारीमा गिरावट आएको छ । त्यसैमाथि दशैंमा हुने व्यापार पनि नभएपछि अटो व्यवसाय नराम्रोसँग थलिएको छ । कोरोना संक्रमण कहिलेसम्म रहन्छ भन्ने कुनै यकिन छैन । टाटा, टोयोटा, हुण्डाई, महिन्द्रा, होण्डा, किया, सुजुकी, लगायत विभिन्न गाडीका आधिकारिक विक्रेता कम्पनीहरुले गतवर्षको दशैंमा जस्तो कारोबार नहुने बताउँछन् ।

ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिले गतवर्षहरुमा जस्तो यस वर्ष गाडी व्यवसाय नहुने बताए । कोरोनाका कारण लगातार ६ महिना जसो बन्द हुँदा गाडीको व्यवसाय प्रभावित भएको निर्देशक ज्योतिको भनाइ छ । त्यसैगरी, टाटा मोटर्सको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका मार्केटिङ म्यानेजर प्रशन्न पन्तले गतवर्ष जस्तो कारोबार यसपाली नहुने बताए । तर अब लकडाउन नहुने र बजार निरन्तर खुल्यो र कारोबार हुन पायो भने अटो बजारमा विस्तारै सुधार आउने उनले बताए । अब पनि कोरोनाका कारण लकडाउन तथा निषेधाज्ञा हुने हो भने अटो क्षेत्रको कारोबार नराम्रोसँग प्रभावित हुने मार्केटिङ म्यानेजर पन्तको भनाइ छ ।

त्यसैगरी, हुन्डाई गाडीका डिजिएम रुपेश शर्मा भट्टले लकडाउनका बेला बजार निकै सुस्त भए पनि अब बन्द नहुने हो भने आशावादी बन्न सकिने बताए । लकडाउनका कारण ५० प्रतिशत बजार घटेको भन्दै दशैंमा कस्तो कारोबार हुन्छ तत्काल भन्न सक्ने अवस्था नभएको उनले बताए । गाडीको विक्रीका लागि दशैंलाई लक्षित गर्दै आकर्षक योजना समेत ल्याउने तयारी रहेको शर्मा भट्टको भनाई छ ।

नेपालमा टाटा मोटर्सका भेइकलहरु सबैभन्दा बढी बिक्री हुने गर्छन् । सिप्रदीले गत वर्षहरुमा १३ हजार थान गाडी बिक्री गरेको थियो । तर यसपाली पहिलेकै गाडीहरु स्टकमा छन् । गाडीको विक्री बढाउन एक हप्ताभित्र दशैंलाई लिक्षित गर्दै अफर ल्याउने योजना बनाएको पन्तले बताए ।

अटोमोबाइल एशोसिएसन अफ नेपाल(नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले कोरोनाका कारण अटो बजारमा ठूलो गिरावट आए पनि दशैं आउन अझै केही समय बाँकी भएकाले व्यवसायमा सुधार आउँछ कि भन्ने आशामा रहेको बताए । ‘अहिले बजार पनि खुलेको छ केही मात्रामा भए पनि कारोबार होला कि भन्ने आशामा छौँ ।’ अध्यक्ष दुलालले भने । गत वर्षहरुमा जस्तो व्यापार नभए पनि केही मात्रामा व्यापार हुने आशामा व्यवसायीहरु छन् ।

सम्बन्धित समाचारहरु