#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31830684976363742254123431780
नेपाल678044361741449954

काठमाडौं महानगरका १० वटा वडामा राजस्व संकलन अनलाइन प्रणालीबाट

काठमाडौं ।

काठमाडौं महानगरले आजदेखि १० वटा वडाबाट राजस्व निर्धारण तथा संकलन कार्यलाई अनलाइन प्रणालीमा लगेको छ । प्रणाली सञ्चालन गर्न कर्मचारीको क्षमता विकास गर्दै आउँदो हप्ताभित्र सबै वडामा लागू गर्ने योजनासहित बिहिबार २६ नम्बर वडाबाट सेवा सुरु गरिएको छ । वडा कार्यालयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले स्थानीय करदाता सरस्वती सापकोटालाई प्रणालीबाट प्राप्त भएको रसिद हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरका छन् । सापकोटाले भूमिकर शीर्षकमा विवरण गरका थिए ।

सेवा शुभारम्भ गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले महानगरका हरेक सेवालाई विद्युतीय प्रणालीमा रुपान्तरण गर्दै लगेको बताए । उनले भने, ‘राजस्व प्रशासनमा करदातालाई बिश्वास दिलाउनु पर्छ । करदातामा सार्वजनिक निकायप्रति बिश्वास भयो भने राजस्व संकलन बढ्दै जान्छ । सार्वजनिक प्रशासन पहिलेको जस्तो नभएर अब सहभागितामुलक, पारदर्शी हुनुपर्छ । यसका लागि प्रबिधि नै उपयुक्त विकल्प हो ।’

महानगर स्थानीयप्रति उत्तरदायी छ भन्ने कुरा अनुभुति गराउनु पर्छ । आर्थिक प्रणालीलाई पारदर्शी बनाएपछि स्थानीयले महानगरको सुशासनमा बिश्वास गर्नुहुन्छ । त्यसैले पनि शासनलाई अनलाइनमा नलगी सुखै छैन । उनको भनाइ छ ।

अनलाइन प्रणालीले करदाताको अभिलेखीकरण र राजस्व प्रक्षेपण योजनामा ठूलो सघाउ पुग्ने महानगरका सहसचिव राजेश्वर ज्ञवालीले अब प्रविधिविनाको सेवा व्यवस्थापन कल्पना गर्न सकिने बताए । उनका अनुसार महानगरले प्रविधि पूर्वाधारमा लगानी बढाएर सेवा व्यवस्थापन र सुविधा वितरणमा थप काम गर्ने छ । प्रणाली सुरु गरिसकेपछि प्रतिक्रिया दिँदै वडा २६ का अध्यक्ष एवं सूचना प्रबिधि समितिका सदस्य ख्यामराज तिवारीले, विद्युतीय प्रणालीबाटै कर मुल्याङ्कन गर्नु र निर्धारित कर भुक्तानी गर्नु स्मार्ट सिटी निर्माणका लागि पहिलो शर्त भएको टिप्पणी गरे ।

राजस्व बिभागका निर्देशक शिवराज अधिकारीका अनुसार आजबाट १, २, ३, ४, १०, १५, २६, ३० र ३१ मा प्रणाली प्रयोगमा आइसकेको छ । ‘राजस्व व्यवस्थापनका लागि स्थानीय तहहरुमा काठमाडौं महानगरले पहिलो पटक प्रयोगमा ल्याएको प्रणाली हो । यसको प्रयोगबाट सुशासनमा टेवा पुग्नेछ ।’ अधिकारीको भनाइ छ ।

अब महानगरबासी सबैले आफूले महानगरलाई तिर्नु बुझाउनु पर्ने तिर्न बुझाउन धाएर वडा वा राजस्व विभागमा पुग्नु पर्दैन । काठमाडौं महानगरको वेभपेज ठेगानालाई सब डोमेन इसर्भिस डट काठमाडौं डट जिओभि डट एनपिमा लगइन गरेपछि राजस्व तिर्ने पब्लिक पोर्टलमा पुगिन्छ । यही पोटर्लको प्रयोग गरेर सबै प्रकारकार कर, राजस्व, दस्तुर र शुल्क भुक्तानी गर्न र आफूले भुक्तानी गरेको रकमको रसिद प्राप्त गर्न सकिन्छ ।

बिद्युतीय सुशासनका लागि यस अघि पनि प्रयास भएका छन् । अहिले कोभिड १९ महामारीले व्यक्ति-व्यक्तिबीचको भौतिक दुरी टाढा बनाउने अवस्थाको माग गरिरहेको छ । यसबेला महानगरले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीलाई विद्युतीय शासन, पारदर्शी सेवासँगै स्वास्थ्य सुरक्षाका कोणबाट पनि महत्वपूर्ण मान्न सकिन्छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार