#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व333286501002669767870424647277
नेपाल733944771901953898

नेकपा उपाध्यक्ष गौतमले लिए राष्ट्रिय सभा सदस्यमा पद तथा गोपनियताको शपथ : भन्छन्-‘म राष्ट्रिय सभाको गरिमा बढाउन आएको हुँ’ 

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन् । उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ८६ को उपधारा २ (ख) बमोजिम राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले गौतमलाई मनोनित गरेसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले उनलाई शपथ खुवाएका हुन् ।

नेपालको संविधानमा राष्ट्रिय सभामा कूल ५९ जना सदस्य रहने व्यवस्था गरिएको छ । कूल सदस्यमध्ये सात प्रदेशबाट आठ आठ जना निर्वाचित भएर आउँछन । बाँकी रहेका तीन सदस्यलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार अहिले रामनारायण विडारी र विमला राई पौड्याल राष्ट्रिय सभामा मनोनित सांसद रहेका छन् भने डा. युवराज खतिवडा राष्ट्रिय सभा सदस्यको दुई वर्षे पदावधि पूरा गर्दै गत फागुन २० गते राष्ट्रिय सभाबाट बाहिरिएका थिए । उनी राष्ट्रिय सभा सदस्यबाट बाहिरिएसँगै राष्ट्रिय सभाको एक सीट रिक्त रहेको थियो । रिक्त रहेको एक सीटमा गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई लैजाने निर्णय गरेको थियो । उपाध्यक्ष गौतम बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए । पराजित सदस्यलाई राष्ट्रिय सभामा पठाउने निर्णयको विरोध भएपनि गत भदाै २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेकाे थियो ।

शपथ ग्रहण कार्यक्रममा नवनियुक्त राष्ट्रिय सभा सदस्य गौतमले आफू राष्ट्रिय सभाको गरिमा बढाउन आएको बताएका छन् ।
उनले राष्ट्रिय सभा सदस्यको भूमिका निर्वाह गर्दा नेपालको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, सार्वभौम अधिकार र नेपाली जनताप्रति सधैं बफादार भएर कर्तव्य निर्वाह गर्ने बताएका छन् । शपथ लिएपछि गौतम साढे ५ वर्षका लागि राष्ट्रिय सभा सदस्य बन्नेछन् । गत फागुन २१ देखि ६ वर्षको अवधि हुने भए पनि सरकारले निर्णय नगर्दा ६ महिना मनोनीत कोटाको एक सीट रिक्त रहेको थियो ।

गौतमको शपथ ग्रहण कार्यक्रममा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी भएका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार