#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30698051956450740157422340027
नेपाल615933901738343820

अनौठो विश्व : लकडाउनमा घरमा बसेका वुहानका एक व्यक्ति, जसको तौल १०१ किलोसम्म बढ्यो

काठमाडौं ।

लकडाउनमा तौल बढ्ने केसहरु आइरहेका छन् तर कोरोनाको केन्द्रविन्दु वुहानको एउटा केस भने अचम्मको छ । लकडाउनका बेला, २६ बर्षे झाउको तौल १०१ किलोसम्म बढेको छ । उनलाई सास फेर्न गाह्रो भइरहेको छ । झाउ साइबर क्याफेमा काम गर्दछन् । उनी पहिले नै बढ्दो तौलबाट चिन्तित थिए तर चीनमा कडाईका साथ लागू गरिएको लकडाउनको क्रममा उनको तौल अझै द्रुतगतिमा बढ्न थाल्यो ।

डिसेम्बरमा १७७ किलो : डिसेम्बरमा झाउको तौल १७७ केजी थियो । लकडाउनको क्रममा उनको वजन २७८ किलोसम्म पुग्यो । ८ अप्रिलमा जब चीनमा लकडाउन हटाइयो, झाउ आफ्नो बढेको वजनका कारण हिड्न असमर्थ भए । सास फेर्न समेत समस्या भयो र उनलाई अस्पताल भर्ना गरियो ।

४८ घण्टासम्म निन्द्रा लागेन : वुहान विश्वविद्यालयको अस्पतालमा झाउको उपचार गर्ने डाक्टरका अनुसार मे ३१ मा बिरामी कल आयो । झाउले आफू ४८ घण्टादेखि सुत्न नसकेको बताएका थिए । उनले सास फेर्न गाह्रो भइरहेको र कुरा गर्न असमर्थ रहेको बताएका थिए । भोलिपल्ट, स्वास्थ्यकर्मीहरूको टोली उनको घर गएका थिए ।

१० व्यक्तिको सहयोगमा लगियो : झाउलाई ६ सुरक्षा गार्ड र ४ जनाको स्वास्थ्यकर्मीको सहयोगमा ओछ्यानबाट लगिएको थियो । अनुसन्धानको क्रममा, मुटु र श्वासप्रश्वासको अशक्तता देखियो । चिनियाँ मिडिया रिपोर्ट अनुसार, ९ दिनको २४ घण्टा हेरचाह पछि उनमा सुधार भएको हो ।

सर्जरीपछि अवस्थामा सुधार : तौल घटाउन झाउको शल्यक्रिया भयो । शल्यक्रियाको क्रममा, पेटको एक भाग हटाइएको थियो । चिकित्सकहरुका अनुसार आगामी तीन महिनामा झाउको सर्जरीको जोखिम कम गर्न २४ किलो वजन घटाउनु पर्नेछ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार