#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4294644611548571011858331673006
नेपाल15523384246057108334
काठमाडौं ।ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले ओमानका सम्पदा तथा पर्यटनमन्त्री स्यालिम विन मोहम्मद अल मरहुक्कीलाई विहिबार उनको कार्यकक्षमा शिष्टाचार भेट गरिन् । सो अवसरमा राजदूत पराजुलीले सम्पदामन्त्रीलाई नेपालको गर्विलो संस्कृति, प्रचूर प्राकृतिक पर्यटन तथा रमणीयस्थलबारे जानकारी दिँदै पछिल्लो दिनमा ओमानबाट नेपाल जाने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताइन् ।उनले आगामी दिनमा समेत मन्त्री मरहुक्की लगायत ओमान सरकारसँग पर्यटन प्रबर्धनमा सहकार्यका लागि अनुरोध गरेको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।ओमानी सम्पदामन्त्री मरहुक्कीले नेपालको प्राकृतिक सम्पदा एवम् सांस्कृतिक विविधताको प्रशंसा गर्दै आगामी दिनमा पर्यटन क्षेत्रमा सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरिन् ।उनले गत डिसेम्बरमा भएको सङ्ग्रहालय सम्बन्धी सम्झौताबारे प्रसन्नता व्यक्त गर्दै निकट भविष्यमा पर्यटन क्षेत्रमा पनि एक सम्झौतामा हस्ताक्षर हुने बताइन् । उनले ओमानको पर्यटन प्रबर्धनमा नेपाली जनशक्तिको विशेषगरी आतिथ्यताका क्षेत्रमा राम्रो योगदान रहेको पनि उल्लेख गरिन् ।

नेपाल र ओमानबीच पर्यटन क्षेत्रमा सहकार्य हुने

काठमाडौं ।

ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले ओमानका सम्पदा तथा पर्यटनमन्त्री स्यालिम विन मोहम्मद अल मरहुक्कीलाई विहिबार उनको कार्यकक्षमा शिष्टाचार भेट गरिन् । सो अवसरमा राजदूत पराजुलीले सम्पदामन्त्रीलाई नेपालको गर्विलो संस्कृति, प्रचूर प्राकृतिक पर्यटन तथा रमणीयस्थलबारे जानकारी दिँदै पछिल्लो दिनमा ओमानबाट नेपाल जाने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताइन् ।

उनले आगामी दिनमा समेत मन्त्री मरहुक्की लगायत ओमान सरकारसँग पर्यटन प्रबर्धनमा सहकार्यका लागि अनुरोध गरेको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

ओमानी सम्पदामन्त्री मरहुक्कीले नेपालको प्राकृतिक सम्पदा एवम् सांस्कृतिक विविधताको प्रशंसा गर्दै आगामी दिनमा पर्यटन क्षेत्रमा सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले गत डिसेम्बरमा भएको सङ्ग्रहालय सम्बन्धी सम्झौताबारे प्रसन्नता व्यक्त गर्दै निकट भविष्यमा पर्यटन क्षेत्रमा पनि एक सम्झौतामा हस्ताक्षर हुने बताइन् । उनले ओमानको पर्यटन प्रबर्धनमा नेपाली जनशक्तिको विशेषगरी आतिथ्यताका क्षेत्रमा राम्रो योगदान रहेको पनि उल्लेख गरिन् ।

सम्बन्धित समाचारहरु