#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
कास्की ।गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले पाँचौँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै सबैमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भन्ने कामना गरेका छन् ।आजको दिनले हामी सबैमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय सङ्कल्प हासिल गर्न मन, वचन र कर्मले समर्पित हुन थप प्रेरणा प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले जनतालाई राजनीतिक परिवर्तनको महसुस हुने गरी संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न आआफ्ना तर्फबाट इमान्दार र प्रभावकारी कार्यान्वयनका लागि आह्वान गरेका छन् ।राष्ट्रिय समृद्धिको प्रमुख बाधक भ्रष्टाचार र कमिशनतन्त्रविरुद्ध जुट्नका लागि राष्ट्रिय सङ्कल्पका लागि आग्रह गर्दै उनले कोभिड–१९ को सङ्क्रमणबाट बच्न सजग र सतर्क रहन सन्देशमा अनुरोध गरेका छन्।

संविधानको मर्म र भावना व्यवहारमा रुपान्तरण गर्न शेरचनको आह्वान

कास्की ।

गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले पाँचौँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासी लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै सबैमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भन्ने कामना गरेका छन् ।

आजको दिनले हामी सबैमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय सङ्कल्प हासिल गर्न मन, वचन र कर्मले समर्पित हुन थप प्रेरणा प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले जनतालाई राजनीतिक परिवर्तनको महसुस हुने गरी संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न आआफ्ना तर्फबाट इमान्दार र प्रभावकारी कार्यान्वयनका लागि आह्वान गरेका छन् ।

राष्ट्रिय समृद्धिको प्रमुख बाधक भ्रष्टाचार र कमिशनतन्त्रविरुद्ध जुट्नका लागि राष्ट्रिय सङ्कल्पका लागि आग्रह गर्दै उनले कोभिड–१९ को सङ्क्रमणबाट बच्न सजग र सतर्क रहन सन्देशमा अनुरोध गरेका छन्।

सम्बन्धित समाचारहरु

ताजा समाचार