#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4534817611863961116544532996335
नेपाल16471890438952124862
विश्वको सर्वाधिक लोकप्रिय र धनराशी पुरस्कार भएको टि-२० फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं सिजन २०२० आजदेखि यूएईमा सुरु हुँदैछ ।१३ औं सिजनको आइपिएल कोरोना महामारीको कारण भारतमा आयोजना गर्न सक्ने अवस्था नभएपछि यूएईमा हुन लागेको हो । मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच हुने खेलबाट यस सिजनको आईपीएल उद्घाटन हुन लागेको हो ।सर्वाधिक चारपटकको विजेता मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन् भने तीनपटको विजेता चेन्‍नईको कप्तानी महेन्द्रसिंह धोनीले गर्दैछन् । उद्घाटन खेल अबुधाबीस्थित शेख जायद रंगशालामा बेलुकी पौने ८ बजे सुरु हुनेछ ।आइपिएलका १२ वटा सिजनहरुमा मुम्बईले ४ पटक तथा चेन्‍नईले तीनपटक उपाधि जित्दा कोलकाता नाइट राइडर्सले दुई पटक तथा डेक्कान चार्जर्स राजस्थान रोयल्स र सनराइजर्स हैदराबादले एक-एकपटक उपाधि जितेका छन् । किङ्स इलाभेन पञ्‍जाव, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलोरले भने उपाधि जित्‍न सकेका छैनन् ।

आइपिएल क्रिकेट आजदेखि सुरु

विश्वको सर्वाधिक लोकप्रिय र धनराशी पुरस्कार भएको टि-२० फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं सिजन २०२० आजदेखि यूएईमा सुरु हुँदैछ ।

१३ औं सिजनको आइपिएल कोरोना महामारीको कारण भारतमा आयोजना गर्न सक्ने अवस्था नभएपछि यूएईमा हुन लागेको हो । मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच हुने खेलबाट यस सिजनको आईपीएल उद्घाटन हुन लागेको हो ।

सर्वाधिक चारपटकको विजेता मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन् भने तीनपटको विजेता चेन्‍नईको कप्तानी महेन्द्रसिंह धोनीले गर्दैछन् । उद्घाटन खेल अबुधाबीस्थित शेख जायद रंगशालामा बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

आइपिएलका १२ वटा सिजनहरुमा मुम्बईले ४ पटक तथा चेन्‍नईले तीनपटक उपाधि जित्दा कोलकाता नाइट राइडर्सले दुई पटक तथा डेक्कान चार्जर्स राजस्थान रोयल्स र सनराइजर्स हैदराबादले एक-एकपटक उपाधि जितेका छन् । किङ्स इलाभेन पञ्‍जाव, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलोरले भने उपाधि जित्‍न सकेका छैनन् ।

सम्बन्धित समाचारहरु