#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व414871851136341943668630914158
नेपाल1448727914447699605
काठमाडौं ।नजिकिँदै गरेको दसैं–तिहारमा हुन सक्ने कृत्रिम अभाव, मूल्यवृद्धि र सिन्डिकेटलाई नियमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपथ पसल सञ्चालन र विभिन्न अनुगमनकारी निकायको संयुक्त बजार अनुगमन गर्ने गृहकार्य अघि बढाएको छ ।मन्त्रालयमा बिहीबार वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित बैठकले १५ असोजपछि संयुक्त बजार अनुगमन थाल्ने प्रारम्भिक निर्णय गरेको हो । बैठकमा सचिव अर्यालले सहुलियत पसललाई निरन्तरता दिने, दैनिक उपभोग्य वस्तुको मौज्दात विवरण संकलन गरी सार्वजनिक गर्ने र बजार अनुगमनलाई प्रभावकारी बनाउन कार्ययोजनासहित आगामी बैठकमा आउन निर्देशन दिएका थिए ।बैठकमा सहभागी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले १५ असोजपछि बजार अनुगमनका टोली परिचालन हुने बताए । उनका अनुसार महानगरपालिका, प्रदेश सरकार र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई चाडपर्वका वेला सक्रिय बनाइनेछ । त्यस्तै, मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले दसैँ लक्षित सुपथ पसल सञ्चालनको योजना बनिरहेको बताए ।सुपथ पसलमा सबैभन्दा धेरै खाद्य वस्तु राख्ने साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पंकज जोशीले कहिलेबाट सुरु गर्ने भन्ने विषय टुंगिन बाँकी रहेको बताए । भिड नगरी सुपथ पसल सञ्चालन गर्ने विषयमा गृह मन्त्रालयसँग समेत सहकार्य गर्नुपर्ने भएकाले गृहकार्य भइरहेको उनको भनाइ छ ।सुपथ पसलमा साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थानले आफ्ना उत्पादनमा विशेष छुट दिने गरेका छन् । यी तीनवटै संस्थाले रामशाहपथस्थित बग्गीखानाको खाली जग्गामा एकीकृत पसल राख्ने गरेका छन् । अन्य ठाउँमा भने आफ्नो पुरानै बिक्रीकेन्द्रमा सहुलियत मूल्यका खाद्यान्न राख्ने गरेका छन् । यसपटकदेखि भने तीनवटै संस्थानका प्रत्येक आउटलेटमा तीनवटै संस्थानका सामग्री उपलब्ध गराउने गृहकार्य अघि बढेको छ ।नयाँ पत्रिकाबाट

दसैंका लागि सुपथ पसल सञ्चालन र संयुक्त अनुगमनको गृहकार्य

काठमाडौं ।

नजिकिँदै गरेको दसैं–तिहारमा हुन सक्ने कृत्रिम अभाव, मूल्यवृद्धि र सिन्डिकेटलाई नियमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुपथ पसल सञ्चालन र विभिन्न अनुगमनकारी निकायको संयुक्त बजार अनुगमन गर्ने गृहकार्य अघि बढाएको छ ।

मन्त्रालयमा बिहीबार वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित बैठकले १५ असोजपछि संयुक्त बजार अनुगमन थाल्ने प्रारम्भिक निर्णय गरेको हो । बैठकमा सचिव अर्यालले सहुलियत पसललाई निरन्तरता दिने, दैनिक उपभोग्य वस्तुको मौज्दात विवरण संकलन गरी सार्वजनिक गर्ने र बजार अनुगमनलाई प्रभावकारी बनाउन कार्ययोजनासहित आगामी बैठकमा आउन निर्देशन दिएका थिए ।

बैठकमा सहभागी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले १५ असोजपछि बजार अनुगमनका टोली परिचालन हुने बताए । उनका अनुसार महानगरपालिका, प्रदेश सरकार र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई चाडपर्वका वेला सक्रिय बनाइनेछ । त्यस्तै, मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले दसैँ लक्षित सुपथ पसल सञ्चालनको योजना बनिरहेको बताए ।

सुपथ पसलमा सबैभन्दा धेरै खाद्य वस्तु राख्ने साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पंकज जोशीले कहिलेबाट सुरु गर्ने भन्ने विषय टुंगिन बाँकी रहेको बताए । भिड नगरी सुपथ पसल सञ्चालन गर्ने विषयमा गृह मन्त्रालयसँग समेत सहकार्य गर्नुपर्ने भएकाले गृहकार्य भइरहेको उनको भनाइ छ ।

सुपथ पसलमा साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थानले आफ्ना उत्पादनमा विशेष छुट दिने गरेका छन् । यी तीनवटै संस्थाले रामशाहपथस्थित बग्गीखानाको खाली जग्गामा एकीकृत पसल राख्ने गरेका छन् । अन्य ठाउँमा भने आफ्नो पुरानै बिक्रीकेन्द्रमा सहुलियत मूल्यका खाद्यान्न राख्ने गरेका छन् । यसपटकदेखि भने तीनवटै संस्थानका प्रत्येक आउटलेटमा तीनवटै संस्थानका सामग्री उपलब्ध गराउने गृहकार्य अघि बढेको छ ।नयाँ पत्रिकाबाट

सम्बन्धित समाचारहरु