#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4347801911608551034445131972713
नेपाल15983086243293115675
सरकारले संविधान दिवसको अवसरमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रूइतलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम)बाट सम्मान गर्ने भएको छ । यस वर्षको संविधान दिवसको अवसरमा सरकारले वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतलाई विभूषित गर्ने भएकाे हाे ।देश-विदेशमा सुपरिचित डा. रूइतले हजारौं नेपालीको आँखाको ज्योति फर्काउन सफल भएकाेमा सम्मानित गर्न लागिएकाे हाे । सन् २००६ मा रोमन म्यागासेसे पुरस्कार प्राप्त गेका रुइत तिलगंगा आँखा अस्पतालका निर्देशकमा कार्यरत छन्  ।रूपतसँगै सरकारले संविधान दिवसको अवसरमा ५ सय ९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ। सैगरी गृह मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार प्रसिद्ध प्रबल जनसेवा श्री(द्वितीय)बाट ४ जना सम्मानित हुने भएका छन् ।यस वर्ष सर्वाेच्च मानपदवी ‘नेपाल रत्न’ भने कसैलाइ प्रदान नगरिने जनाइएकाे छ । जनसेवा, राष्ट्रको गौरव बढाउने कार्य, उन्नति र कीर्तिमानी काम गरेर  महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई सरकारले विभूषण प्रदान गर्दै आएको छ ।

डाक्टर सन्दुक रुइतलाई ‘जनसेवा श्री प्रथम’बाट विभुषण

सरकारले संविधान दिवसको अवसरमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रूइतलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम)बाट सम्मान गर्ने भएको छ । यस वर्षको संविधान दिवसको अवसरमा सरकारले वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतलाई विभूषित गर्ने भएकाे हाे ।

देश-विदेशमा सुपरिचित डा. रूइतले हजारौं नेपालीको आँखाको ज्योति फर्काउन सफल भएकाेमा सम्मानित गर्न लागिएकाे हाे । सन् २००६ मा रोमन म्यागासेसे पुरस्कार प्राप्त गेका रुइत तिलगंगा आँखा अस्पतालका निर्देशकमा कार्यरत छन्  ।

रूपतसँगै सरकारले संविधान दिवसको अवसरमा ५ सय ९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ। सैगरी गृह मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार प्रसिद्ध प्रबल जनसेवा श्री(द्वितीय)बाट ४ जना सम्मानित हुने भएका छन् ।

यस वर्ष सर्वाेच्च मानपदवी ‘नेपाल रत्न’ भने कसैलाइ प्रदान नगरिने जनाइएकाे छ । जनसेवा, राष्ट्रको गौरव बढाउने कार्य, उन्नति र कीर्तिमानी काम गरेर  महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई सरकारले विभूषण प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचारहरु