#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4382088211651871045483532200860
नेपाल15983086243293115675
File Photo
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र चट्याङका कारण जेठ महिना यता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताए ।प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा उपस्थित भएका गृहमन्त्री थापाले देशभर गत वर्ष भन्दा कम क्षति भए पनि यसवर्ष जेठ महिना यता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताए । गृहमन्त्री थापाले प्राकृतिक प्रकोपका कारण एक सय भन्दा बढी मान्छे बेपत्ता भएको पनि बताउनुभयो । प्राकृतिक प्रकोपका कारण २ सय ५८ जना घाइते भएका छन भने ४ सय ८२ घर पूर्णरुपमा क्षति भएको छ ।प्राकृतिक प्रकोपमा परेकाहरुको व्यवस्थापनका लागि ‘विपद जोखिम व्यवस्थापन कोष’ बाट ५ करोड ६९ लाख रुपैयाँ राहत रकम निकासा गरी उपलब्ध गराइएको समेत गृहमन्त्री थापाले बताए । प्राकृतिक प्रकोपबाट क्षति भएका संरचनाहरुको पूननिर्माणका लागि गृह मन्त्रालयले टोली गठन गरी अध्ययन गरिरहेको र प्रतिवेदन तयार भएपछि काम सुरु गरिने पनि गृह मन्त्री थापाले बताए ।उनले जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गर्ने र पीडितहरुको इच्छा अनुसार सुरक्षित स्थानमा आवास निर्माण गर्ने गरी दुई प्रकृतिको नीति अनुसार काम गरिएको पनि स्पस्ट पारे । जोखिम व्यवस्थापन तथा न्यूनिकरणका लागि पूर्वतयारीको कायमलाई विशेष जोड दिइए पनि अनुमान नगरिएका ठाउँमा समेत बाढी पहिरो जाँदा क्षति बढी भएको बताए । बाढी पहिरो जानुको मुख्य कारण अव्यवस्थित रुपमा विना मापदण्ड वैधानिक सर्भे विपरित सडक बाटो खोल्ने क्रियाकलापले पनि मुख्य रहेको बताए । त्यसको नियन्त्रणका लागि मापदण्ड अझ बढी कडा बनाउने विषयमा मन्त्रालयमा छलफल भइरहेको समेत उनले बताए ।

‘बाढी पहिरोबाट जेठ महिना यता ४९ जिल्लामा ३३९ जनाले ज्यान गुमाए’ : गृहमन्त्री थापा

File Photo

काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र चट्याङका कारण जेठ महिना यता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताए ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा उपस्थित भएका गृहमन्त्री थापाले देशभर गत वर्ष भन्दा कम क्षति भए पनि यसवर्ष जेठ महिना यता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताए । गृहमन्त्री थापाले प्राकृतिक प्रकोपका कारण एक सय भन्दा बढी मान्छे बेपत्ता भएको पनि बताउनुभयो । प्राकृतिक प्रकोपका कारण २ सय ५८ जना घाइते भएका छन भने ४ सय ८२ घर पूर्णरुपमा क्षति भएको छ ।

प्राकृतिक प्रकोपमा परेकाहरुको व्यवस्थापनका लागि ‘विपद जोखिम व्यवस्थापन कोष’ बाट ५ करोड ६९ लाख रुपैयाँ राहत रकम निकासा गरी उपलब्ध गराइएको समेत गृहमन्त्री थापाले बताए । प्राकृतिक प्रकोपबाट क्षति भएका संरचनाहरुको पूननिर्माणका लागि गृह मन्त्रालयले टोली गठन गरी अध्ययन गरिरहेको र प्रतिवेदन तयार भएपछि काम सुरु गरिने पनि गृह मन्त्री थापाले बताए ।

उनले जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गर्ने र पीडितहरुको इच्छा अनुसार सुरक्षित स्थानमा आवास निर्माण गर्ने गरी दुई प्रकृतिको नीति अनुसार काम गरिएको पनि स्पस्ट पारे । जोखिम व्यवस्थापन तथा न्यूनिकरणका लागि पूर्वतयारीको कायमलाई विशेष जोड दिइए पनि अनुमान नगरिएका ठाउँमा समेत बाढी पहिरो जाँदा क्षति बढी भएको बताए । बाढी पहिरो जानुको मुख्य कारण अव्यवस्थित रुपमा विना मापदण्ड वैधानिक सर्भे विपरित सडक बाटो खोल्ने क्रियाकलापले पनि मुख्य रहेको बताए । त्यसको नियन्त्रणका लागि मापदण्ड अझ बढी कडा बनाउने विषयमा मन्त्रालयमा छलफल भइरहेको समेत उनले बताए ।

सम्बन्धित समाचारहरु