#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4536058211866091117027933003694
नेपाल16471890438952124862
file photo
पोखरा ।कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण पोखराको फेवाताल किनार सेबगरबाट सराङकोट जोड्ने केवलकार निर्माणको काम लम्भिएको छ ।बैशाख महिना अघि नै निर्माण सम्पन्न गर्ने योजना रहे पनि २ हजार २ सय ७५ मिटर लामो अन्नपूर्ण केवलकार निर्माणको काम लकडाउनका कारण पछि धकेलिएको हो । केवलकारबाट मनमोहक दृश्यसहित बिहानीको सराङ्कोटको सूर्योदय देख्न पाईने भएकोले पर्यटकहरुको आकर्षण केन्द्र बन्ने दावि निर्माण कम्पनीको छ । लकडाउनका कारण जापानबाट आउनु पर्ने प्राविधिक टोली नआएका कारण केवलकारको केही काम रोकिएको अन्नपूर्ण केवलकारका सुपरभाइजर अरुण कोइरालाले बताए ।केवलकारमा प्रतिघण्टा ६ सय जनाले यात्रा गर्न सक्छन् । ३६ वटा गण्डोला राख्ने डिजाईन भए पनि तत्कालका लागि १७ वटा यात्रु बोक्ने र एउटा सामान बोक्ने डिब्बा जडान हुनेछ । सुरुमा १ अर्वमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि समयमै काम सम्पन्न नहुँदा निर्माण लागत बढेर डेढ अर्व पुग्ने अनुमान गरिएको छ ।

सराङकोट जोड्ने केवलकार निर्माणमा ढिलाई

file photo

पोखरा ।

कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण पोखराको फेवाताल किनार सेबगरबाट सराङकोट जोड्ने केवलकार निर्माणको काम लम्भिएको छ ।

बैशाख महिना अघि नै निर्माण सम्पन्न गर्ने योजना रहे पनि २ हजार २ सय ७५ मिटर लामो अन्नपूर्ण केवलकार निर्माणको काम लकडाउनका कारण पछि धकेलिएको हो । केवलकारबाट मनमोहक दृश्यसहित बिहानीको सराङ्कोटको सूर्योदय देख्न पाईने भएकोले पर्यटकहरुको आकर्षण केन्द्र बन्ने दावि निर्माण कम्पनीको छ । लकडाउनका कारण जापानबाट आउनु पर्ने प्राविधिक टोली नआएका कारण केवलकारको केही काम रोकिएको अन्नपूर्ण केवलकारका सुपरभाइजर अरुण कोइरालाले बताए ।

केवलकारमा प्रतिघण्टा ६ सय जनाले यात्रा गर्न सक्छन् । ३६ वटा गण्डोला राख्ने डिजाईन भए पनि तत्कालका लागि १७ वटा यात्रु बोक्ने र एउटा सामान बोक्ने डिब्बा जडान हुनेछ । सुरुमा १ अर्वमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि समयमै काम सम्पन्न नहुँदा निर्माण लागत बढेर डेढ अर्व पुग्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरु