#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4348336811609201034456431977884
नेपाल15983086243293115675
काठमाडौं ।नव गायक तथा ‘नेपाल आइडल सिजन-३’ का फस्ट रनरअप प्रविण बेडवालको आवाजमा नयाँ गीत ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक गरिएको छ । शास्त्रीय संगीतमा रहेर तयार गीतमा अग्रज गायक तथा संगीतकार नरेन्द्र प्यासीको संगीत सुन्न सकिन्छ ।प्रेमील शब्दले भरिएको गीतलाई नविन नेपालले लेखेका हुन् । विगत लामो समयदेखि अमेरिकामा बस्दै आएका रचनाकार नेपालले गीत सार्वजनिक गर्दै नेपाली गीत संगीतप्रतिको झुकावकै कारण नयाँ गीत बजारमा लिएर आएको बताए ।यस्तै गीतका संगीतकार नरेन्द्र प्यासीले लामो समयको अन्तरालमा शास्त्रीय संगीतमा रहेर नव प्रतिभा बेडुवालसँग रहेर नयाँ गीत बजारमा ल्याउँन पाउँदा निकै खुसी लागेको बताए । ‘फिल’ स्टुडियोमा रेकर्ड गरिएको गीतमा रोशन शर्माको चतुरंग, कुमार महाराजको तवला, विनोदकमार भुजेलको गिटार र नगेन्द्र राईको बाँसुरी सुन्न सकिन्छ ।लिरिकल भिडियोमार्फत सार्वजनिक गीत नेपाल विशेषको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियो :https://youtu.be/R5KpmyFLqDs

प्रविन बेडुवालको आवाजमा नयाँ गीत ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक (भिडियो)

काठमाडौं ।

नव गायक तथा ‘नेपाल आइडल सिजन-३’ का फस्ट रनरअप प्रविण बेडवालको आवाजमा नयाँ गीत ‘पहिलो नजरमा चाहन्छु’ सार्वजनिक गरिएको छ । शास्त्रीय संगीतमा रहेर तयार गीतमा अग्रज गायक तथा संगीतकार नरेन्द्र प्यासीको संगीत सुन्न सकिन्छ ।

प्रेमील शब्दले भरिएको गीतलाई नविन नेपालले लेखेका हुन् । विगत लामो समयदेखि अमेरिकामा बस्दै आएका रचनाकार नेपालले गीत सार्वजनिक गर्दै नेपाली गीत संगीतप्रतिको झुकावकै कारण नयाँ गीत बजारमा लिएर आएको बताए ।

यस्तै गीतका संगीतकार नरेन्द्र प्यासीले लामो समयको अन्तरालमा शास्त्रीय संगीतमा रहेर नव प्रतिभा बेडुवालसँग रहेर नयाँ गीत बजारमा ल्याउँन पाउँदा निकै खुसी लागेको बताए ।
‘फिल’ स्टुडियोमा रेकर्ड गरिएको गीतमा रोशन शर्माको चतुरंग, कुमार महाराजको तवला, विनोदकमार भुजेलको गिटार र नगेन्द्र राईको बाँसुरी सुन्न सकिन्छ ।

लिरिकल भिडियोमार्फत सार्वजनिक गीत नेपाल विशेषको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियो :

सम्बन्धित समाचारहरु