#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व410225381128899927461630619023
नेपाल1391297654175596609
काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम उत्साहजनक देखिएको दाबी गरेका छन् । शनिबार छैठौं संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचारीप्रति कठोर हुने समेत बताएका छन् ।त्यस्तै सोमबारदेखि सुरु हुने भनिएको देशको आन्तरिक उडानका लागि बुकिङ सुरु भएसँगै उत्साहजनक बुकिङ भएको हवाइ सेवा कम्पनीहरूले जनाएका छन् । हवाई सेवा प्रदायक कम्पनीहरूले ६ महिनापछि उडानका लागि तयार हुँदा पनि अहिलेसम्म ५० प्रतिशत बुकिङ भइसकेको जनाइएका हुन् । सरकारले पूर्ण क्षमतामै यात्रु राख्न पाउने निर्णय गरेसँगै हवाईभाडा पनि नबढ्ने भएको छ ।नेपाल विधुत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगर्न सबैसँग आग्रह गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उनले प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राख्दै कोभिड–१९ महामारी फैलिएको संवेदनशील अवस्थामा सडकमा प्रदर्शन नगर्न आह्वान गरेका हुन् ।त्यस्तैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक व्यवहारमा इमान्दार बन्न आग्रह गरेका छन् । शनिबार छैठौं संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले प्रधानमन्त्री ओलीलाई लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक व्यवहारमा इमान्दार बन्न आग्रह गरेका हुन् ।विश्वकै सबैभन्दा महँगो मानिने इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । शनिबार बेलुका हुन गइरहेको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्ससँग कडा प्रतिस्पर्धा गर्नेछ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला.....https://youtu.be/FZ9ZpkRu9ek

भ्रष्टाचार गर्नेप्रति कठोर हुने प्रधानमन्त्रीको भनाइदेखि आजबाट आइपीएल सुरुसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम उत्साहजनक देखिएको दाबी गरेका छन् । शनिबार छैठौं संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो दाबी गरेका हुन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचारीप्रति कठोर हुने समेत बताएका छन् ।

त्यस्तै सोमबारदेखि सुरु हुने भनिएको देशको आन्तरिक उडानका लागि बुकिङ सुरु भएसँगै उत्साहजनक बुकिङ भएको हवाइ सेवा कम्पनीहरूले जनाएका छन् । हवाई सेवा प्रदायक कम्पनीहरूले ६ महिनापछि उडानका लागि तयार हुँदा पनि अहिलेसम्म ५० प्रतिशत बुकिङ भइसकेको जनाइएका हुन् । सरकारले पूर्ण क्षमतामै यात्रु राख्न पाउने निर्णय गरेसँगै हवाईभाडा पनि नबढ्ने भएको छ ।

नेपाल विधुत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगर्न सबैसँग आग्रह गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उनले प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राख्दै कोभिड–१९ महामारी फैलिएको संवेदनशील अवस्थामा सडकमा प्रदर्शन नगर्न आह्वान गरेका हुन् ।

त्यस्तैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक व्यवहारमा इमान्दार बन्न आग्रह गरेका छन् । शनिबार छैठौं संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले प्रधानमन्त्री ओलीलाई लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक व्यवहारमा इमान्दार बन्न आग्रह गरेका हुन् ।

विश्वकै सबैभन्दा महँगो मानिने इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । शनिबार बेलुका हुन गइरहेको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्ससँग कडा प्रतिस्पर्धा गर्नेछ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार