#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व410292261129492927551430624220
नेपाल1391297654175596609
काठमाडौं । अभिनेता राजेश हमालले कोरोना भाइरसका कारण समस्या भएका चलचित्र प्राविधिकहरूलाई आर्थिक सहयोग गरेका छन् ।शनिवार डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा उनले ११३ प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारको दरले आर्थिक सहयोग गरेका हुन् ।अभिनेता राजेश हमालले ११३ जना प्राविधिकलाई राजेश हमालले ५ लाख ६५ हजार सहयोग गरेको प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । कोरोनाका कारण जीवनयापन गर्न समस्या भएको अवस्थामा अभिनेता हमालबाट प्राप्त सहयोगले ठूलो राहत मिलेको प्राविधिकहरुले बताएका छन् ।सहयोग गर्दै  अभिनेता हमालले भने- ‘उहाँहरू पर्दा पछाडि देखिनु हुन्छ । हामी पर्दा अगाडि देखिएर नाम कमाउँछौं । तर, त्यस पछाडिको जनशक्ति कसैले देख्दैन । तर, हामीले उहाँहरुकै बुइ चढेर नाम कमाउँछौं ।’उनले कोरोनाका कारण परिस्थिति अनुकूल नहुँदा आफूले चाहे जति सहयोग प्राविधिकहरुलाई गर्न नसकेको बताएका छन् ।

११३ प्राविधिकलाई राजेश हमालकाे आर्थिक सहयोग

काठमाडौं । अभिनेता राजेश हमालले कोरोना भाइरसका कारण समस्या भएका चलचित्र प्राविधिकहरूलाई आर्थिक सहयोग गरेका छन् ।

शनिवार डिल्लीबजारस्थित विजय स्मारक विद्यालयमा उनले ११३ प्राविधिकलाई प्रतिव्यक्ति ५ हजारको दरले आर्थिक सहयोग गरेका हुन् ।

अभिनेता राजेश हमालले ११३ जना प्राविधिकलाई राजेश हमालले ५ लाख ६५ हजार सहयोग गरेको प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । कोरोनाका कारण जीवनयापन गर्न समस्या भएको अवस्थामा अभिनेता हमालबाट प्राप्त सहयोगले ठूलो राहत मिलेको प्राविधिकहरुले बताएका छन् ।

सहयोग गर्दै  अभिनेता हमालले भने- ‘उहाँहरू पर्दा पछाडि देखिनु हुन्छ । हामी पर्दा अगाडि देखिएर नाम कमाउँछौं । तर, त्यस पछाडिको जनशक्ति कसैले देख्दैन । तर, हामीले उहाँहरुकै बुइ चढेर नाम कमाउँछौं ।’

उनले कोरोनाका कारण परिस्थिति अनुकूल नहुँदा आफूले चाहे जति सहयोग प्राविधिकहरुलाई गर्न नसकेको बताएका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार