#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4456985611762461080310532590505
नेपाल16235488739643121824
युएईमाजारी इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ ।जितका लागि १६३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्दै विजयी सुरुवात गरेको हो । चेन्नईको जितमा फाफ डु प्लेसिस ४४ बलमा ६ चौका सहित ५८ रनमा अविजित रहे । अन्तिम ओभरमा जितका लागि पाँच रन चाहिँएको अवस्थामा फाफ डु प्लेसिसले ट्रेन्ट बोल्टलाई सुरुवाती दुई बलमा लगातार चौका प्रहार गर्दै जित दिलाएका थिए ।चेन्नईको जितमा आम्बाती रायुडूले ४८ बलमा ६ चौका र ३ छकका सहित ७१ रनको योगदान दिए । खराब सुरुवात गरेको चेन्नईलाई तेस्रो विकेटका लागि रायुडू र डु प्लेसिसले १ सय १५ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।पहिलो ओभरको अन्तिम बलमा ट्रेन्ट बोल्टले ओपनर शेन वाटसनलाई ४ रनमा एलबिडब्लू आउट गरेका थिए । दोस्रो ओभरको अन्तिम बलमा जेम्श प्याटिनसनले मुरली वियजयलाई १ रनमा एलबिडब्लू आउट गर्दै चेन्नई ६-२ को अवस्थामा पुगेको थियो । तर तेस्रो विकेटका लागि डु प्लेसिस र रायुडूले उत्कृष्ट साझेदारी गर्दै अघि बढाएका थिए ।रविन्द्र जडेजा १८ औं ओभरको पहिलो बलमा क्रुनाल पान्ड्याको एलबिडब्लू आउट हुनुअघि ५ बलमा २ चौका सहित १० रनमा आउट भए । मुम्बईको ट्रेन्ट बोल्ट, जेम्स प्याटिनसन, जस्प्रित बुमराह, क्रुनाल पान्ड्या र राहुल चहरले १–१ विकेट लिए ।त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन बनाएको थियो ।चेन्नईका रविन्द्र जडेजाले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । पियुष चवलाले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । साम करनले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । लुन्गी एनगिडीले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । दीकप चहरले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।चेन्नईले दोस्रो खेलमा सेप्टेम्बर २२ मा राजस्थान रोयल्ससँग खेल्ने छ । मुम्बईले २३ सेप्टेम्बरमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

आइपिएलमा चेन्नईको विजयी सुरुवात

युएईमाजारी इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ ।

जितका लागि १६३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्दै विजयी सुरुवात गरेको हो । चेन्नईको जितमा फाफ डु प्लेसिस ४४ बलमा ६ चौका सहित ५८ रनमा अविजित रहे । अन्तिम ओभरमा जितका लागि पाँच रन चाहिँएको अवस्थामा फाफ डु प्लेसिसले ट्रेन्ट बोल्टलाई सुरुवाती दुई बलमा लगातार चौका प्रहार गर्दै जित दिलाएका थिए ।

चेन्नईको जितमा आम्बाती रायुडूले ४८ बलमा ६ चौका र ३ छकका सहित ७१ रनको योगदान दिए । खराब सुरुवात गरेको चेन्नईलाई तेस्रो विकेटका लागि रायुडू र डु प्लेसिसले १ सय १५ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

पहिलो ओभरको अन्तिम बलमा ट्रेन्ट बोल्टले ओपनर शेन वाटसनलाई ४ रनमा एलबिडब्लू आउट गरेका थिए । दोस्रो ओभरको अन्तिम बलमा जेम्श प्याटिनसनले मुरली वियजयलाई १ रनमा एलबिडब्लू आउट गर्दै चेन्नई ६-२ को अवस्थामा पुगेको थियो । तर तेस्रो विकेटका लागि डु प्लेसिस र रायुडूले उत्कृष्ट साझेदारी गर्दै अघि बढाएका थिए ।

रविन्द्र जडेजा १८ औं ओभरको पहिलो बलमा क्रुनाल पान्ड्याको एलबिडब्लू आउट हुनुअघि ५ बलमा २ चौका सहित १० रनमा आउट भए । मुम्बईको ट्रेन्ट बोल्ट, जेम्स प्याटिनसन, जस्प्रित बुमराह, क्रुनाल पान्ड्या र राहुल चहरले १–१ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६२ रन बनाएको थियो ।

चेन्नईका रविन्द्र जडेजाले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । पियुष चवलाले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । साम करनले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । लुन्गी एनगिडीले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । दीकप चहरले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।

चेन्नईले दोस्रो खेलमा सेप्टेम्बर २२ मा राजस्थान रोयल्ससँग खेल्ने छ । मुम्बईले २३ सेप्टेम्बरमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

सम्बन्धित समाचारहरु