#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व4449569211752581076429232556142
नेपाल16235488739643121824
जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडवाकमाथि सहज जित निकाल्दै विययी सुरुवात गरेकाे छ ।बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमा डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडवाकमाथि ३–० को सहज जित निकालेकाे हाे । सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा एर्लिङ ब्राउट हालान्डको दुई गोल गर्दा जियोभानी रेनाले एक गोल थपे ।प्रतिस्पर्धात्मक बनेको खेलको ३४औं मिनेटमा जियोभानी रेनाले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए ।  दोस्रो हाफकाे सुरुमै डर्टमुन्डले पेनाल्टी गोलमार्फत अग्रता दोब्बर बनायो ।खेलकाे ७६औं मिनेटमा इंग्लिस युवा मिडफिल्डर जाडोन सान्चोको उत्कृष्ट पासमा हालान्डले उत्कृष्ट फिनिस गर्दै डर्टमुन्डलाई ३–० को अग्रता दिलाए ।यसभन्दा बढी गोल हुन नसकेपछि डर्टमुन्डले जित निकालेकाे हाे  ।

बुन्डेसलिगामा डर्टमुन्डको सहज जित

जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडवाकमाथि सहज जित निकाल्दै विययी सुरुवात गरेकाे छ ।

बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमा डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडवाकमाथि ३–० को सहज जित निकालेकाे हाे । सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा एर्लिङ ब्राउट हालान्डको दुई गोल गर्दा जियोभानी रेनाले एक गोल थपे ।

प्रतिस्पर्धात्मक बनेको खेलको ३४औं मिनेटमा जियोभानी रेनाले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए ।  दोस्रो हाफकाे सुरुमै डर्टमुन्डले पेनाल्टी गोलमार्फत अग्रता दोब्बर बनायो ।

खेलकाे ७६औं मिनेटमा इंग्लिस युवा मिडफिल्डर जाडोन सान्चोको उत्कृष्ट पासमा हालान्डले उत्कृष्ट फिनिस गर्दै डर्टमुन्डलाई ३–० को अग्रता दिलाए ।

यसभन्दा बढी गोल हुन नसकेपछि डर्टमुन्डले जित निकालेकाे हाे  ।

सम्बन्धित समाचारहरु